काठमाडौं – नेपालको दोस्रो कोराना संक्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छिन् । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार उनी डिस्चार्ज भएकी हुन् ।
गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिए पछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको थियो। उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन्। आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् ।
उनी फ्रान्सबाट नेपाल आएपछि होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।यो नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो केस थियो। चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन्।
उनीसंगै एउटै जहाजमा नेपाल आएका बागलुङका अरु दुईजना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । हाल उनीहरुको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: ६ वैशाख २०७७ ०९:१३ शनिबार