२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

खोटेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा दुई जना थपिए

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा दुई जना थपिएका छन्। काठमाडौंबाट आएका दुई जनालाई शुक्रबारदेखि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित भाषा आधारभुत विद्यालयको क्वारेन्टाइनमा राखिएको हो।

उनीहरुलाई कम्तीमा दुई हप्ताका लागि क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए। यसअघि खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको मावेमा बनाइएको क्वारेन्टाइनमा दुई जना र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित स्वास्थ्य चौकीको क्वारेन्टाइनमा एक जनालाई राखिसकिएको छ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्वारेन्टाइनमा १ जनालाई राखिएको छ। बिरगञ्जबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा आइपुगेका ४५ वर्षीय व्यक्तिलाई शुक्रबारदेखि दिक्तेलको माटिकोरेमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको हो।

हालसम्म बराहपोखरी गाउँपालिकामा ३ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको १५ जना, हालसम्म हलेसी तुवाचुङ नगरपालिकामा ९ जना, केपीलासगढी गाउँपालिकामा ४ जना र साकेला गाउँपालिकामा १ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

प्रकाशित: ५ वैशाख २०७७ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App