२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

लकडाउनको बेला अवैध रूपमा चोरी शिकार बढ्दो

डिभजिन वन कार्यालय कपिलिवस्तुले संचालन गरेका गस्तीका क्रममा पक्राउ परेका शिकारी र हतियार।

कपिलवस्तु – कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि सरकारले देश लकडाउन गरेको छ। तर लकडाउनको मौका छापेर कपिलवस्तुमा वन्यजन्तु चोरी शिकिारी गर्ने संख्या पढेको छ। लकडाउनमा वनमा कोही नहुने र शिकर गर्न पनि सहज भएकाले  उनीहरुले हतियार र अन्य आवश्वयक सामग्रीसहित वन क्षेत्रमा प्रवेश गर्न थालेका हुन्।  चोरी शिकारी गर्न मात्रै  होईन अवैध रुपमा वन फडानी गर्नै समेत उनीहरु वन प्रवेश गरेको पाइएको छ।

अवैध गतिविधि रोक्न र वनमा डढेलो गएमा रोक्नका लागि डिभिजन वन कार्यालय कपिलवस्तुका वन रक्षक र वन कर्मचारीहरुले वनमा संयुक्त गस्ती थालेका छन्। यही गस्ती टोलीले वन क्षेत्रबाट ६ जना शिकारी, बन्धुक पासो लगायतका समग्री बरामद गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन मोहन सैन्डील्यले बताए। दुई छुट्टा छुट्टै स्थानबाट ६ जना शिकारीलाई पक्राउ गरिएको उनले बताए।

 वाणगंगा नगरपालिका वडा नं. १० स्थित बुद्ध सामुदायिक वन क्षेत्रबाट ४ जनालाई बुधवार विहान पक्राउ गरिएको छ भने सांझ तिलौराकोट साझेदारी वन क्षेत्रको वाणगंगा खोला देखि पश्चिम कोन्द्रे खोलाको नजिकबाट २ जनालाई पक्राउ गरिएको हो। कोन्द्रे खोला नजिकबाट पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नं. ९ का ४५ वर्षीय त्रिलोकी केवट र सोही ठांउँका ५१ वर्षीय मनिराम थारु रहेको तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए। पक्राउ परेका उनीहरुबाट एक थान वन्दुक, एक थान चक्कु र बन्दुकमा प्रयोग हुने सामानहरु बरामद गरिएको साझेदारी वनका अध्यक्ष पाण्डेयले बताए।

बुद्ध सामुदायिक वन क्षेत्रबाट पक्राउ पर्नेहरुमा रुपन्देही जिल्ला कंचन गाउँपालिका वडा नं. ५ भैसाहिका ६९ वर्षीय बान्छु थारु, ५० वर्षीय सुकई थारु, २८ वर्षीय प्रभु थारु र ३० वर्षीय राजकुमार थारु रहेको सब डिभिजन वन कार्यालय पिपराले जनाएको छ। उनीहरुबाट ११ थान जंगली जनावरलाई पासो थाप्ने जाल बरामद भएको छ। वन क्षेत्रमा शंकासपद गतिविधी गरिरहेको र शिकार खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको सब डिभिजन कार्यालय पिपराका सहायक वन अधिकृत खिल बहादुर तामाङले बताए। पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ।

राष्ट्यि निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्य जन्तु शिकार सम्वन्धी मुद्दा चलाईने डिभजन प्रमुख ईश्वरी पौडेलले बताए। वन क्षेत्रमा वन्यजन्तु शिकार, काठ दाउरा चोरी तस्करीका नियन्त्रणका लागि वन कर्मचारीहरुको साथमा मायादेवी साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारीलाई परिचालन गरिएको समितिका अध्यक्ष अब्दुल अजीज खांले बताए।
 

प्रकाशित: ४ वैशाख २०७७ १०:४७ बिहीबार

कोभिड–१९ लकडाउन चारी_शिकारी