५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टाइनमा बस्दै आएका घर फर्कन शुरु

भोजपुर - भोजपुरको साल्पासिलिछो गाउँपालिकामा क्वारेन्टाइनमा बस्दै आएका आठ मजदुर घर फर्किएका छन्। वडा नं १ कुलुङको सिंहमालिका माध्यमिक विद्यालयमा बस्दै आएका उनीहरू १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन्। चौध दिनको समयावधि पूरा भएपछि स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य पाइएपछि उनीहरू घर फर्किएका हुन्।

सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोमा काम गर्दै आएका ती मजदुर सरकारले दोस्रो पटक लकडाउन घोषणा गरेपछि गत चैत १७ गते भोजपुर आएका थिए। भोजपुर आएका उनीहरुलाई स्थानीयवासीले देखी वडा र प्रहरीलाई खबर गरेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा बसेकाहरुलाई खानाको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिए। 

यसैबीच रामप्रसादराई गाउँपालिका–४ दलगाउँको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बस्दै आएका एक युवा पनि क्वारेन्टाइन पछि घर फर्किएका छन्। उनी गत चैत ५ गते दुबईबाट आएका थिए।  हालसम्म भोजपुरमा ३४ जना क्वारेन्टाइनमा र ९० जना होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय भोजपुुरले जनाएको छ। रासस

प्रकाशित: ३ वैशाख २०७७ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App