३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बन्दीपुरबाट १२ विदेशी फर्कन मान्दैनन् आफ्नो देश

पर्यटकीय नगरी बन्दीपुर । फाईल तस्बिर : विनोद/ नागरिक

तनहुँ – विभिन्न मुलुकबाट नेपाल घुम्न आएका १२ जना विदेशी पर्यटक बन्दीपुरमा छन्। लकडाउनका कारण रोकिएका उनीहरू स्वदेश फर्कन भने मान्दैनन्। ती पर्यटक आफ्नो मुलुकको तुलनामा नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहेको बताउँदै फर्कन नखोजेका बन्दीपुर बजार इकाई समिति अध्यक्ष बैंश गुरूङले बताए।

यहाँ फ्रान्सका पाँच, रूस र कोलाम्बियाका दुई/दुई, चीन, बेलायत तथा क्यानडका एक/एक जना पर्यटक बसेका छन्। 
गुरूङका अनुसार उनीहरू लकडाउन अगावै बन्दीपुर घुम्न आएका थिए। केहि पर्यटक दुई महिनादेखि यहीँ बसिरहेका छन्। विभिन्न मुलुकले आफ्ना  नागरिक स्वदेश फकाईरहदाँ उनीहरूलाई पनि पठाउन खोजिएको थियो।  तर, नेपालमा कोरोना संक्रमितको संख्या कम भएकाले सुरक्षित ठान्दै यही बस्ने चाहाना व्यक्त गरे। उनीहरू ‘हामी यही सुरक्षित छौँ भन्छन्। स्वदेश फर्कन खोज्दैन्न् गुरूङले भने।  

बन्दीपुर गाउँपालिकाले नयाँ बर्षको अवसरमा ती विदेशी पर्यटकसंग शुभकामना आदानप्रदानसंगै अन्तरक्रिया गरेको छ। अन्र्तरक्रियामा आफुहरुसंग भएको पैसा सकिदै गएको जानकारी गराए। लकडाउन अवधिभर बन्दीपुरमा रोकिएका पर्यटकलाई निःशुल्क खाने र बस्ने  व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष पुर्णसिंह थापाले बताए। बन्दीपुर होटल एसोसियसन र पर्यटन व्यवसायीले सहकार्य हुने उनको भनाई छ। विश्व समुदाय संकटमा परेको बेलामा बन्दीपुरले पर्यटकलाई गरेको सहयोगले पर्यटनमा सकरात्मक सन्देश प्रवाह हुने अध्यक्ष थापाले बताए।   

 

प्रकाशित: २ वैशाख २०७७ १३:४२ मंगलबार

कोभिड–१९ पर्यटक लकडाउन