४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रसुवामा ७ जनाको कोरोना रिर्पोट नेगेटिभ

रसुवा – कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा सात जनाको रिर्पाेट नेगेटिभ आएको छ। जिल्लाको कालिका गाउँपालिका– ५, जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पतालमा परीक्षण गरिएको सात जनाको रिर्पोट नेगेटिभ आएको हो। यहाँ आइतबारदेखि अस्पतालमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) सुरू भएको हो। पहिलो दिन कालिका गाउँपालिकाको विदेशबाट आएका व्यक्तिको जाँच गरिएको हो। जसमा चार जना महिला र तीन जना पुरुष रहेका छन्।

सोमबार जिल्लाको नौकुण्ड र उत्तरगया गाउँपालिकाका विदेशबाट आएकाको जाँच गरिने अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए। यसअघि आइसोलेसनमा राखिएका एक जना बिरामीको स्वाब परीक्षणका लागि टेकु पठाइएकोमा यसको नतिजा पनि नेगेटिभ आएको छ। त्यसैगरी जिल्ला अस्पताल रसुवामा सोमबारदेखि आरडिटी टेष्ट सुरू गरिने छ। 

प्रकाशित: ३० चैत्र २०७६ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App