धनगढी- सुदूरपश्चिमका ९ वटै जिल्लामा कोभीड १९ को र्यापिड टेष्ट गर्न थालिएको छ। बिहिवार शुरु भएकोमा शनिबारसम्म १९ सय ७५ जनाको र्यापिड किटद्वारा टेष्ट भएको छ। सवै जनाको नेगेटिभ रिपोर्ट आएको छ।
कैलालीमा ७ सय ३० जना, कंचनपुरमा ४ सय ७, डोटीमा २ सय ४०, बाजुरामा ५३, अछाममा १, बैतडीमा ११७, डडेल्धुरामा १, बझाङमा ४ सय २६ प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताएका छन। दार्चुलामा ६ सय र्यापिड टेष्ट किट पुगिसकेको भएपनि शनिवार टेष्ट शुरु भएको छैन। थ्रोट स्वाव संकलन नगरिएका क्वारेन्टाईनमा बसेका र लक्षण देखिएकाको र्यापिड टेष्ट गरिएको उनले बताए। नेपाली सेना र स्वास्थ्यकर्मीको टोलीले नमुना संकलन गरेर लगेकाहरुको र्यापिड टेष्ट गरिएको छैन।
भारतबाट फर्केका १५६२ को नमुना संकलन
सुदूरपश्चिममा भारतमा कोरोना संक्रमण फैलिएपछि डेढ लाख जती भित्रिए। भारतवाट फर्केका २ जनामा संक्रमण समेत देखियो। संक्रमण देखिएका कैलाली लम्कीचुहा नगरपालिका वाडा नं ९ का २१ बर्षिय युवक चैत ११ गते दिनभरी धनगढीको त्रिनगरको ९ स ९९ को भीडमा थिए। यि सवै कुराले सुदूरपश्चिममा भारतबाट फर्केका व्यक्तीमा कोरोना भाईरसको संक्रमण भएमा समुदायमा महामारी फैलिने बिज्ञहरुले चिन्ता गरेका बेला नेपाली सेना र स्वास्थ्यकर्मीको टोलीले सुदूरपश्चिमका बिभिन्न जिल्लामा भारतबाट फर्केकाहरुको थ्रोट स्वाव संकलन गरिरहेको छ। नेपाली सेना र स्वास्थ्यकर्मीको टोलीले कैलाली र कंचनपुरका क्वारेन्टाईनमा भारतवाट फर्केकाको थ्रोट स्वाव संकलन गरेर जाँच गर्दा २ जनाको पोजेटिभ देखिएको थियो। हेल्किोप्टर र स्काई ट्रकमा नेपाली सेना र स्वास्थ्यकर्मीको टोलीले अछाम, डोटी, बैतडी, डडेल्धुरा र दार्चुलामा थ्रोट स्वाव संकलन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन।
मंगलबार (चैत २५) अछामबाट २ सय २६ जनाको नमुना संकलन गरेर लगेको थियो। बुधवार र बिहिबार डोटी, डडेल्धुरा र बैतडीवाट क्वारेन्टाईनमा बसेकाको नमुना संकलन गरेर लगेको हो। डोटीबाट ३ सय ३०,डडेल्धुराबाट १ सय ९९ र बैतडीबाट ४ सय २५ जना नमुना संकलन गरेको लगेको थियो। यसैगरि दार्चुलाका ५ ठाउँबाट शनिवार ४ सय ६२ जनाको नमुना संकलन गरेर लगेको स्वास्थ्य कार्यालय दार्चुलाका कोभीड १९ का फोकल प्रश्न बिरेन्द्र भट्टले बताए। नेपाली सेनाको एक र एक अर्को गरि दुई हेलिकोप्टर नेपाली सेना र स्वास्थ्यकर्मीको टोली आएर नमुना संकलन गरि लगेको उनले बताए।
सुदूरपश्चिममा भारतबाट फर्केकाहरु धेरै भएकोमा उच्च जोकिम भएकाले सरकारले बिशेष महत्व दिएर याहाँ हेलिकोप्टरबाट टोली परिचालन गरेर नमुना संकलन गरिएको हो। यि नमुनाको रिपोर्टलाई महत्वका साथ हेरिएको भएपनि शनिबारसम्म अछामबाट संकलन भएका २ सय २६ मध्य १ सय १२ को मात्र रिपोर्ट आएको छ। स्वास्थ्य कार्यालय अछामका कोभीड १९ का फोकल प्रश्न देव दत्त जोशीले मंलगसेन क्वारेन्टाईनमा बसेका र बयलपाटामा भारत लगायत बिदेशबाट फर्केकाहरु गरि १ सय १२ को रिपोर्ट आएको र सवै नेगेटिभ आएको बताएका छन्। अछाममा २ सय २६ नमुना संकलन भएकोमा अन्यको रिपोर्ट आउन बाँकी छ।
विश्वसनियता जाँच नहुदै टेष्ट शुरु
गत मंगलवार र्यापिड टेष्ट को विश्वसनियता जाँच गर्न भनेर कैलाली र कंचनपुरबाट २ सय जनाको रगत र थ्रोट स्वाव संकलन गरिएको थियो। २ सय जनाको क्रस जाँच (र्यापिड टेष्ट र पिसिआर मेशिनमा थ्रोट स्वाव जाँच) गरेर रिपोर्ट मिलेर विश्वसनियता प्रमाणित भएपछि मात्र र्यापिड टेष्ट गर्ने भनिएको भएपनि त्यस अगावै बिहिवारदेखि याहाँ र्यापिड टेष्ट शुरु गरिएको हो। चैत ११ गते देखि क्वारेन्टाईनमा बसेकाहरुको अवधी १४ दिनभन्दा बढी भएकाले उनीहरुले छिटो जाँच गरेर घरजान दिनुपर्ने भन्दै दवाव दिएपछि मन्त्रालयले गाईडलाईन बनाएर र्यापिड टेष्ट शुरु गरेको जोशीले बताए।
मंगलबार (चैत २५) गते कैलाली र कंचनपुरबाट २ सय जनाको रगत र थ्रोट स्वाव संकलन गरेर काठमाण्डौ पठाइएको थियो। यसको रिपोर्ट नआउँदै र्यापिड टेस्ट गर्ने भनेर मन्त्रालयले गाईडलाईन बनाएपछि बिहिबारदेखि र्यापिड टेष्ट शुरु भएको उनले बताए।
श्वास्थ्य मन्त्रालयले र्यापिड टेष्टको लागी १० हजार किट प्रदेशलाई उपलब्ध गराएको उनले बताए। भारतबाट आएर क्वारेन्टाईनमा बसेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको समेत र्यापिड टेष्ट किटबाट जाँच गरिएको छ। चाईनाबाट ल्याइएको ७० हजार किटहरुबाट जाँच हुन लागेको हो।
बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको भन्दै र्यापिड टेष्ट किटको गुणस्तरियतामा प्रश्न उठेको थियो।
यो किटको संवेदनशिलता अर्थात सेन्सीटीभिटी मात्र ३० देखि ५० प्रतिशत रहेको भन्दै प्रमाणित नगरी किटमा गरिने टेष्टको औचित्य नहुने भनेर मन्त्रालयकै केही अधिकारीको भनाई रहेको थियो। चीनबाट ल्याएका किटको गुणस्तरमा प्रश्न उठेपछि डेढ साता अघि स्वास्थ्य मन्त्रालयले गुणस्तर प्रमाणित भएमात्रै प्रयोग गर्ने भनेको भएपनि अहिले त्यसको नतिजा आउनु भन्दा पहिले नै जाँच शुरु गर्ने निर्णय गरेको हो।
किटको गुणस्तरमा प्रश्न उठेकाले विश्व स्वास्थ्य संगठनले र्यापिड टेस्ट विश्वसनिय नहुने जनाएको छ।
समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा कोरोना फोकल प्रश्न नरेन्द्र सिंह कार्कीका अनुसार सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म पिसिआर मेशिनवाट ३ सय ५३ जनाको जाँच भएकोमा ४ पोजेटिभ र ३ सय ४९ जनाको नेगेटिभ आएको छ। भने १३ सय ५३ जनाको नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।
देशभरीमा ९ संक्रमित देखिएमा सुदूरपश्चिममा ४ जना छन। संक्रमण देखिएका दुवैवाट फर्केका एक युवक, ती युवकको भाउजु र भारतवाट फर्केका २ जना गरि सवैको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। उनीहरुको अवस्था समान्य छ।
प्रकाशित: २९ चैत्र २०७६ १२:४४ शनिबार