९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरसका कारण विश्वभर ८८ हजारको मृत्य, १५ लाख बढी संक्रमित

काठमाडौं- कोरोना महामारीले विश्वलाई हल्लाएको छ। विश्वमा कोरोना नियन्त्रणका लागि आआफ्ना प्रयास जारी छन्। अहिलेसम्म यस भाइरसका कारण ८८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर १५ लाखभन्दा बढी संक्रमित छन्।

नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ। १ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको उपचार भइरहेको छ।

अमेरिकामा ४ लाख ३० हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने १४ हजार मानिसले ज्यान गुमाइ सकेका छन्। मृत्युको संख्याका हिसाबले इटली अगाडि छ। त्यहाँ १७ हजारले भाइरसका कारण ज्यान गुमाए।

स्पेनमा १४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ झण्डै एक लाख ५० हजार मानिस संक्रमित छन्।

छिमेकी देश भारतमा पनि कोरोना फैलिरहेको छ। अहिलेसम्म ५ हजार संक्रमणका केस आएका छन्। विश्वस्वास्थ्य संगठनका अनुसार १४९ जनाको मृत्यु भएको छ।

फ्रान्सले संक्रमण बढेपछि लकडाउनलाई बढाएको छ। १५ अप्रिल पछि पनि लकडाउन रहने छ। बेलायतमा वुधबार एकै दिन ९ सय ३८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेम्म ७ हजार ९७ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: २७ चैत्र २०७६ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App