२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

लकडाउन उल्लङघन गर्ने २५ नियन्त्रणमा

वीरगन्ज - पर्साको ग्रामीण भेगबाट २५ जना मस्लिम समुदायका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु पर्साको पश्चिमी सिमावर्ती गाउँभएर भातबाट पसेको आशंका गरिएको छ। कोरोना (कोभिड –१९) संक्रमणको त्रासको बेला उनीहरुको गतिबिधि जोखिमपूर्ण भएपछि नियन्त्रणमा लिनु परेको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

बुधवार पर्साको पटेर्वा सुगौली गाउँपालीका–१ सोनवर्साको कन्चनपुर गदियानी, बैरियामा रहेको मदरसा तथा घरबाट साँझ करिब ७ बजे बसेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको थियो। बुधवार साँझ नियन्त्रणमा लिएर वीरगन्ज स्थित क्वारेन्टाइनमा पुर्याइएकाहरु भारतको धार्मिक सभामा भाग लिएका भनिएका ब्यक्ति नभएको प्रहरी उपरीक्षक पन्तले दावी गरिन।

बिहीवार बिहान पर्साको जगरनाथपुर गाउँपालिका –४ बाट अर्को कम्तिमा १४ जनालाई प्रहरीले गाउँपालिकाको समन्वयमा नियन्त्रणमा लिएको छ। बिहीवार बिहान फेला परेकाहरुलाई भने जगरनाथपुरले आफै क्वानेन्टाइन बनाएर राख्ने जनाएको छ भने हिजो बुधवार पटेर्वाबाट नियन्त्रणमा लिइएकाहरु लाई वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।

केही समय अगाडिदेखी पटेर्वाको सुगौलीको कन्चनपुर गदियानीमा बसेकाहरुलाई नियन्त्रणमा लिन बुधवार साँझ प्रहरी परिचालन गरिरहँदा जगरनाथपुर १ स्थित पिराडि गुठी भएर सीमा पारीको भारतीय बजार इनर्वाबाट करिब १५ व्यक्तिहरु प्रवेश गरेको खबर आएको थियो। ति मानिसहरु सीमापारीबाट पस्ने क्रममा स्थानीय जनताले प्रतिबाद गर्दै रोकेका थिए। जगरनाथपुर बिबजबनिया घर भएका आरिफ गद्दीले ति ब्यक्तिहरुलाई आफ्नो जिम्मामा वडा नम्बर ४ पर्ने जगरनाथपुर लगेको स्थानीयले बताए। ‘उहाँहरुलाई वडा नम्बर १ बाट ल्याएर वडा नम्बर ४ मा राखिएको छ, गाउँपालिकाका अध्यक्ष ज्युले क्वारेन्टाइनमा राख्नभन्नु भएको छ,’ आरिफले नागरिकलाई भने, ‘हामीले ब्यवस्थापन मात्र गर्न खोजेको हो।’

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले स्थानीय स्वास्थ्य संस्थाका प्रमुख र प्रहरीलाई राखेर त्यही क्वारेन्टाइन बनाएर राख्ने कुरा भइरहेको बताए।। ‘उहाँहरु रौतहट र बाराका नागरिक हो, बाहिरी होइन,’अध्यक्ष मियाँले भने, ‘केही दिनदेखि उहाँहरु पर्साकै बिभिन्न गाउँमा भ्रमणमा हुनुहुन्थ्यो, अब भने क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउँदै छौं।’ उनले यि मानिसहरु पर्साकै गाउँहरुमा बिगतदेखि रहेको दावी गरे पनि स्थानीयले भने बुधवार मात्र सिमापारीबाट पसेको बताएका छन्।

‘सूचना प्राप्त भएपछि बिहानै प्रहरी टोली त्यहाँ पठाएको छु, वास्तविक्ता के हो भनेर बुझन,’प्रहरी उपरीक्षक पन्तले भनिन, ‘अहिले हामी छलफलमा छौं।’ भारतमा धार्मिक सभामा भाग लिएकाहरु फेला नपरेको उनको भनाई छ। पटेर्वा सुगौलीबाट बुधवार ल्याएकाहरुको ठेगाना रौतहट भएको बुझिएको उनले बताइन।

               

प्रकाशित: २० चैत्र २०७६ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App