ताप्लेजुङ- फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका ताप्लेजुङका दुई यात्रुसहित ४ जना क्वारेन्टनमा पुगेका छन्। चार जनामध्ये एक यात्रुलाई उनको श्रीमती र छोरीसहित क्वारेन्टाइनमा राखिएको हो।
एक जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ भने अर्का एक यात्रु र उनकी श्रीमती र छोरीलाई ताप्लेजुङस्थित क्वारेन्टाइनमा राखिएको छ।
प्रकाशित: १३ चैत्र २०७६ ०६:४० बिहीबार