५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ : कोरोना संक्रमण रोक्न १० करोडको जनसुरक्षा कोष

उदयपुर – कोरोना भाईरस (कोविड–१९) नियन्त्रण तथा उपचारका लागि १० करोड रूपैयाँको जनसुरक्षा कोष खडा गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ‘प्रदेश नं. १ कोरोना जनसुरक्षा कोष’ खडा गरिएको हो। 

कोषमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री सबैले एक÷एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् भने बाँकी रकम प्रदेश सरकारले व्यवस्था गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुर्व  सुबेदीले जानकारी दिए। 

उनका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना हेल्प डेस्क स्थापना गर्ने निर्णयसमेत गरेको छ। हरेक मन्त्रालयमा स्थापित हेल्प डेस्कमा एकजना अधिकृतस्तरका कर्मचारीलाई ‘कोरोना फोकल पर्सन’ तोकेर कोरोनासम्बन्धी आवश्यक सूचना प्रवाह गरिने भएको छ। 

प्रकाशित: १२ चैत्र २०७६ १०:२९ बुधबार

कोविड–१९ जनसुरक्षा_कोष प्रदेश_सरकार