२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

यूएईमा कोरोना संक्रमित दुई नेपालीलाई स्वास्थ्यलाभ

काठमाडौं- यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित बनेका दुई नेपालीलाई स्वास्थ्यलाभ भएको छ। यूएईस्थित नेपाली राजदूत कृष्ण प्रसाद ढकालका अनुसार उनीहरु संक्रमण मुक्त भएका हुन्। राजदूत ढकालले फेसवुकमा लेखेका छन्, 'खुसीको खबर- युएइको स्वास्थ्य मन्त्रालय (Ministry of Health and Prevention) ले जनाएअनुसार COVID-१९ बाट संक्रमित २ जना नेपालीलाई स्वास्थ्यलाभ भएको छ। चुस्त उपचारका लागि युएइ सरकारलाई धन्यवाद।'

खुसीको खबर- युएइको स्वास्थ्य मन्त्रालय (Ministry of Health and Prevention) ले जनाएअनुसार COVID-१९ बाट संक्रमित २ जना नेपालीलाई स्वास्थ्यलाभ भएको छ। चुस्त उपचारका लागि युएइ सरकारलाई धन्यवाद।

Posted by Krishna Prasad Dhakal on Monday, 23 March 2020

 

प्रकाशित: १० चैत्र २०७६ १६:३४ सोमबार

कोरोना_भाइरस कोभिड_१९ संक्रमण_मुक्त