काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले कोरोना भाइरस (कोभिड– १९)को सम्भावित जोखिम रोक्ने नाममा चालिएका कदमले निम्त्याउँने असरबारे पनि आवश्यक निर्णय लिन सरकारसँग माग गरेका छन्।
प्रेस वक्तव्य निकाल्दै निकाल्दै नेता जोशीले कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदम गलत नभए पनि निम्तन सक्ने संकट खतरनाक हुन सक्ने बताएका हुन्।
जोशीले वक्तव्यमा भनेका छन् ‘‘यदी सरकारले बेलैमा कोरोना नियन्त्रणका कदमले अन्य क्षेत्रमा पार्नसक्ने नकारात्मक असर न्यून गराउन कार्यक्रम दिन सकेन भने कोरोनाको संभावित असरभन्दा ठूलो नकारात्मक असर पर्ने अवश्यंभावी देखिएको छ ।’
नेता जोशीले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सबै नेपाली एक ठाँउमा रहेर लाग्नु पर्ने समेत जनाएका छन्।
प्रकाशित: ८ चैत्र २०७६ १२:१० शनिबार