२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बलिउड गायिका कनिकालाई कोरोना

लखनउ -  बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको छ। उनले आफै सोसल मिडिया मार्फत यसको जानकारी दिएकी छन्। उनी ९ मार्चमा लन्डनबाट भारत आएकी थिइन्। विमानस्थलमा थर्मन स्क्रीनिङ भए पनि त्यतिबेला लक्षण नदेखिएको उनले बताएकी छन्।

उनी लन्डनबाट फर्केपछि केही पार्टीमा भाग लिएकी थिइन्। उनलाई कोरोना देखिएपछि लखनउमा त्रास छाएको छ।

उनले विमानस्थलमा अधिकारीहरुलाई छक्काएर बाहिर आएको आरोप लागेको छ। उनलाई फ्लुको लक्षणलाई लुकाएको समेत आरोप लागेको छ। तर उनले यसलाई अस्वीकार गरेकी छन्। किंङ जर्ज मेडिकल विश्वविद्यालयका आइसोलेशन वार्डका इन्चार्ज डा. सुधीर सिंहका अनुसार कपुर सहित अन्य पोजेटिभको लखनउको पीजीआई अस्पतालमा भर्ना गरिएको छ।

 

प्रकाशित: ८ चैत्र २०७६ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App