२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भारतीय आँखा विरामीलाई विशेष जाँच

सगरमाथा चौधरी आँखा अस्पतला लहानमा उपचारका लागि आउने विरामीलाई जाँच गर्दै स्वास्थ्यकर्मीहरु

लहान – गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरस (कोभिड –१९) को उच्च जोखिम रहेको निष्कर्ष निकालेसँगै भारतबाट बढ्ता विरामी आउने अस्पतालहरूमा उच्च सावधानी अपनाउन थालिएको छ।

भारतीय विरामीको चाप बढी हुने सगरमाथा चौधरी आँखा अस्पताल लहानले सरसफाई, सावधानी र सहकार्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो। अस्पतालमा आउने विरामीहरुको पहिलो स्वास्थ्य जाँच सीमावर्ती भारतीय सहरमै गरिन्छ। दोस्रो जाँच सीमावर्ती नेपाली नाकामा तापक्रम जाँच गरिने छ, भने तेस्रो जाँच आँखा अस्पतालको मूल गेटमा गरिन्छ। 
यहाँ तापक्रम जाँच तथा सावुन पानीले हात धुने, स्यानिटाईजर लगाउने र  झोलामा औषधी समेत छर्किने गरिएको छ। अस्पताल परिसरभित्र सञ्चालनमा ल्याइएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूले जाँचदेखि कोरोना भाइरसको लक्षण र यसबाट बाच्ने उपायका बारेमा पूर्ण जानकारी दिने गरेका छन्।

अस्पताल प्रबन्धक अभिषेक रोशनकाअनुसार जाँचका लागि अस्पतालमा उपकरणहरुको सफाईमा विशेष ध्यान पुर्याउनका साथै विरामी परिक्षण वार्डलगायतमा सरसफाई र  सावधानीका लागि सचेतनाकाका उपाय अपनाइएको छ। 

अस्पतालको दर्जनाँै स्थानमा सफा पानी र हाथधुने सावुन, ह्यान्डवासको व्यवस्था गरिदिएको छ। पुर्जा काउन्टरमा विरामीहरूले  सेनिटाईजरले हात सफा गरेर मात्र पुर्जा लिने ब्यवस्था गरिएको छ। यहाँ विरामीलाई मात्र नभई भुँइसम्म स्यानिटाइज गरिएको उनले बताए। 
हामीले सीमादेखि अस्पतालसम्म विरामीहरुको विशेष निगरानी, जाँच तथा सावधानीका उपाय अवलम्बन गरिरहेका छौं’ उनले भने,‘ ‘शंकित विरामी भेटिए क्वारेन्टाइन गरि उपचार तथा थप जाँचका लागिपनि सम्बन्धित निकायसँग सहकार्य भैरहेको छ ।’ अहिलेसम्म उपचारका लागि आएका विरामीहरुमध्ये कुनै संकित भेटिएको छैन ।

घर फर्किनेको लर्को

भारतको दिल्लीमा मजदुरीको काम गर्ने भगवानपुर गाउँपालिका –४ ठाढीका २२ वर्षिय शिवा पासवानको नयाँ वर्षमा(बैशाख) घर फर्कने योजना थियो। उनको मनग्य कमाई थियो।  
तर, पछिल्ला केही दिनमा भारतको अधिकांश  प्रान्तमा  कोरोना भाइरस  फैलिंदै गएपछि उनले तत्काल घर जाने निर्णय गरे। र, उनी घर फर्किन दिल्लीमा ट्रेन चढे। उनीसँगै अन्य करिब २० जना सीमावर्ती सिरहा र धनुषाका युवाहरु घर फर्केको उनी बताउँछन्। ज्यान रहे जहान छ, घर फर्केका धिरत पासवान भन्छन्,‘ घर फर्केपछि आनन्दको सास फेर्न पाएको छुँ।’

यी त प्रतिनिधी पात्र मात्रै हुन्, भारतमा कोरोनाको संक्रमण विस्तार रुप लिन थालेपछि नेपाली कामदारहरु घर फर्किने लर्को लागेको छ। सिरहाका सशस्त्र प्रहरी प्रमुख(एसपी) प्रवीण कडेंलकाअनुसार यहाँका माडर र ठाढी सीमा नाकाबाट दैनिक जसो युवाहरु फर्किरहेका छन्। उनीहरुलाई सीमामा संचालित हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरेर मात्र आउन दिइरहेका छन्।

खुला सिमानाकाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च छ। भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्ने तर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने चेकजाँचलाई थप कडाई गर्नुपर्ने जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निष्कर्श छ। 
 

प्रकाशित: ६ चैत्र २०७६ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App