१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

फोन सम्पर्क नहुँदा एम्बुलेन्स बोलाउन सकेनन्, उपचार नपाएर सुत्केरीको मृत्यु

मुगु – समयमै स्वास्थ्य संस्था र एम्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा मुगुमा एक महिलाको मृत्यु भएको छ। मुगुको छायानाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको बुधबार बिहान सुत्केरी भएपछि अत्याधिक रक्तश्राव हुँदा मृत्यु भएको हो।

थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उनको ज्यान गएको श्रीमान रामबहादुर विकले बताए।

‘‘घरमै सुत्केरी भए पनि सालनाल भएन र अत्यधिक रक्तश्राव भएपछि छिटो जिल्ला अस्पतालमा पु-याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोज्यौँ, मोबाइलका टावर नहुँदा सम्पर्क हुन सकेन, बोकेरै अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो’’, रामबहादुरले भने।

लगातारको हिमपातले गत बिहीबारदेखि मुगु र हुम्ला जिल्ला सञ्चारबिहीन भएका छन्। सञ्चार अभावकै कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन्।

प्रकाशित: २४ पुस २०७६ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App