२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

खोप लगाए फ्लुबाट बच्न सकिन्छ

नेपालमा वर्षमा दुई पटक मौसमी फ्लु उच्च रुपमा देखा पर्छ। फुलुको संक्रमणको कारण दम,मिर्गौला,मधुमेह,श्वास–प्रश्वासका दीर्घरोगीहरु र वालवालिकाहरुमा यसको असर गम्भिर पर्छ। कतिपयको भाइरल फ्लुकोकारण ज्यान समेत जोखिममा पुग्ने गरेको अनुभव छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान बिभाग संयोजक डा. शेर बहादुर पुनका अनुसार नेपालमा असोज,कात्तिक र  पुस÷ माघमा भाइरल फ्लुको संक्रमण बढी मात्रमा फैलिने गरेको छ। फ्लुको कारण कतिपय दीर्घरोगी तथा प्रतिरक्षा कमजोर भएका व्यक्तिहरुमा जटिल रुप लिने गरेको अनुभव छ। कतिपयको ज्यानै गएको छ। नेपालमा इन्फुलुन्जा ए अन्तर्गत हङकङ फुलु,स्वाइन फ्लु ,इन्फुलुन्जा वी दुवै देखा पर्ने गर्छन्।

यी फ्लु बिरुद्धको खोप सरकारी स्तरबाट व्यवस्था नभएकोले आफै किनेर लगाउन सकिन्छ। एक पटक लगाएपछि एक वर्षसम्म काम गर्ने भएकोले यी खोप लगाएमा फ्लुको संक्रमणबाट बच्न सकिने डा.पुनको सुझाव छ। यो खोप ठूला औषधी पसलमा १२ देखि १५ सयमा पाइन्छ। दीर्घरोगी,६ महिना माथिका बालबालिका,स्वस्थ व्यक्ति सवैले लगाउन सकिन्छ।

प्रकाशित: ३० कार्तिक २०७६ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App