४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डडेल्धुरा अस्पतालमा पोष्टमार्टम पनि हुन छाड्यो

जिल्ला सदरमुकाम तुफानडाँडामा रहेको डडेल्धुरा अस्पताल।

डडेल्धुरा - सुदूरपश्चिमकै ठूलो डडेल्धुरा अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सकको समेत अभाव भएको छ। समायोजनले अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सक पनि छैन्न। पोष्टमार्टम गर्न दक्ष चिकित्सक नभएपछि छिमेकी जिल्ला बैतडी अस्पताललाई गुहार्न पर्ने बाध्यता भएको छ। 

डडेल्धुरा अस्पताल मात्र नभई भित्रिमधेश जोगबुढाको अस्पतालमा पनि त्यस्तै समस्या छ। जिल्ला अस्पताल बराबरको जोगबुढा अस्पताल चिकित्सकविहिन भएको महिना बढी भयो। त्यहा पनि पोष्टमार्टम गर्ने चिकित्सक छैन्न। डडेल्धुरा अस्पतालमा शव परिक्षण गर्न बैतडीबाट चिकित्सक माग गर्नुपर्ने बाध्यता रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।

गत बुधबार बेलुकी अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद अवस्थामा शव फेला परेपछि शवको पोष्टमार्टम गर्न बिहिबार उनको शव डडेल्धुरा अस्पताल पु¥याइयो। अस्पतालमा पोष्टमार्टम गर्ने दक्ष जनशक्ति नहुँदा बिहिबार पोष्टमार्टम हुन सकेन। शुक्रबार छिमेकी जिल्ला  बैतडी अस्पतालबाट चिकित्सक बोलाई शवको पोष्टमार्टम गरिएको उनले बताए।

मृतक गिरीको हत्या भएको आशंका लागेको कारण थप अनुसन्धान गर्न पोष्टमार्टम गर्नु पर्ने भएपछि जिल्ला अस्पताला बैतडीबाट डा.बसन्त जोशीलाई बोलाई पोष्टमार्टम गरिएको सुचना अधिकारी पन्तले बताए। शवको पोष्टमार्टम गर्न चिकित्सकलाई एउटा विशेष तालिमको आवश्यकता हुन्छ। सूचना अधिकार पन्तले भने, जुन तालिम डडेल्धुरा अस्पतालमा कार्यरत एक जना मात्र डा.नरेश श्रेष्ठले लिएका छन्।

अस्पतालमा उपचार त परै जाओस मृत्युपछि आवश्यक प्रक्रिया पु¥याउन पोष्टमार्टम गर्न समेत चिकित्सक नहुँनु लज्जास्पद भएको भन्दै अहिले स्थानीय आक्रोशित बनेका छन्। टिम अस्पतालको रुपमा स्थापित अस्पताल उपक्षेत्रीय हुँदै अहिले बिषेश बिषेशज्ञ सेवा सहितको डडेल्धुरा अस्पतालका रुपमा घोषण गरिएको छ। तर उपचार सेवा त छैन। पोष्टमार्टम गर्न पनि दक्ष जनशक्ति छैन।

गत असारमा प्रदेश मातहतमा गएको अस्पताललाई गत फागुनमा संघको मातहतमा रहने गरि ‘विशिष्ट सेवासहितको डडेल्धुरा अस्पताल नमाकरण गरी स्तरोन्नति गरिएने भनिए पनि अहिले अस्पतालमा एक जना मात्रै चिकित्सक छन्।एक जना मात्रै चिकित्सक भएपछि स्वास्थ्य उपचारमा डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका स्थानीयले सास्ती खेप्नु परेको छ। 

अस्पतालमा दरबन्ीद अनुसकारका चिकित्सक नहुँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लावासीको स्वास्थ्य सेवा नै प्रभावित बनेको छ। उप क्षेत्रिय अस्पताल हुँदा अस्पतालमा एक सय आठ जनाको दरबन्दी स्वीकृत छ। डडेल्धुरा अस्पताल बनाइएपछि के कती दरबन्दी रहने भन्ने पनि टुङ्गो छैन। अस्पतालमा अहिले ३७ कर्मचारी छन्। यसमा पनि बिषेशज्ञ चिकित्सक, दक्ष जनशक्ति भने छैन्न। उपक्षेत्रिय अस्पतालकै दरबन्दी हेर्ने हो भने पनि ७१ जनाको पद रिक्त रहेको छ।

अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट एकजना गरी तीन जना करारमा मात्र चिकित्सक छन्। १९ जना मेडिकल अधिकृतको दबन्दी रहेकोमा अहिले एक जना मेडिकल अफिसर मात्र रहेको अस्पतालका सूचना अधिकारी पन्त बताउँछन।

प्रकाशित: २५ आश्विन २०७६ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App