१२ पुस २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

काठमाडौंमा वायु प्रदुषण मापन यन्त्र जडान सुरु : पहिलो दिन ३ ठाउँमा राखियो

संघीय राजधानी काठमाडौं प्रदूषित सहरको सूचीमा शीर्षभित्र पर्न थालेपछि काठमाडौं महानगरले वायु प्रदुषण मापनका लागि उपकरण जडान सुरु गरेको छ । महानगरपालिकाभित्रका १८ ठाउँमा यन्त्र जडान गर्न महानगरले सुरु गरेको हो । 

उपप्रमुख सुनिता डंगोलले मंगलबार महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको काठमाडौँ प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडानको सुरुवात गरेकी छन् । महानगरले मंगलबार नै वडा नं. १७ को छत्रपाटी निःशुल्क चिकित्सालय र वडा नं. २६ को शान्ति विद्यागृह माध्यमिक बिद्यालय, लैनचौरमा उपकरण जडान गरेको छ ।  

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजसँगको सहकार्यमा महानगरपालिका क्षेत्रभर वायु गुणस्तर निगरानी गर्न उपकरणहरू जडान गरेको हो । हेल्दी सिटिज (स्वस्थ्य सहर) गैरसंक्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । यो सञ्जालको महानगरपालिका सदस्य हो । विश्व स्वस्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भइरहेको छ ।  

उपकरण शुभारम्भ कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदुषण न्यूनीकरणका लागि काम गरिरहेको बताइन् ।  

क्ल्यारिटी नोड-एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थामा हावामा भएका पिएम २.५ को विवरण उपलब्ध गराउँछन् । यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् । यसबाट उत्पादन भएका तथ्याङ्कहरु उही समयमा महानगरपालिकाको ड्यास बोर्डमा पठाउँछन् । 

उपकरणले प्रदान गरेका तथ्याङ्कलाई वेव पोर्टल र मोवाइल एप्लिकेसनका माध्यमबाट सर्वसाधारणको पहुँचमा पुर्‍याउने योजना महानगरको छ । 

प्रकाशित: २५ मंसिर २०८१ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App