१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

तपाईं दिनमा कतिपटक मुस्कुराउनुहुन्छ ?

तपाईंको मुस्कानमा तपाईंलाई स्वस्थ राख्ने तत्त्वहरू हुन्छन्। तपाईंको मुस्कानमा रहेका तत्त्वहरूले तपाईंको मुड फ्रेश मात्रै गर्दैन तपाईंको जीवनको हरेक पक्षलाई सकारात्मकताका साथ अगाडी बढाउन पनि मद्दत गर्छ। त्यसकारण मुस्कुराउनु आवश्यक छ।

जानौँ मुस्कुराउनुका फाइदाहरूः

ह्यापिनेशको डोज

मुस्कुराउनका लागि तपाईं भित्रको एन्डोर्फिन अर्थात ह्यापी हार्मोन सक्रिय हुनु आवश्यक छ। यसले हार्मोनले तपाईंलाई भित्रैदेखि खुशीको अनुभूति गराउने काम गर्छ। जसले तपाईंको मुड राम्रो बन्छ।

कुनै खराब दिन पछि जब तपाईं कुनै चुटकिला सुन्नुहुन्छ र खुलेर हास्नुहुन्छ भने त्यसले तपाईंको दिनभरको थकान र तनावलाई कम गर्छ। तपाईं भित्रको एन्डोर्फिन हार्मोनले तपाईंको शरीरलाई रिल्याक्स महसुस गराउने काम पनि गर्छ।

मुटु स्वास्थ्यका लागि मुस्कुराउनु

अमेरिकाको जन हपकिन्स यूनिभर्सिटीमा भएको अध्ययन अनुसार हाम्रो मुटु स्वास्थ्यलाई सबैभन्दा बढी नोक्सान पुर्याउने कारणमध्येको एक हो तनाव। तनावका कारण रक्तचाप बढ्न थाल्छ र राम्रो कोलेस्ट्रोल घट्न थाल्छ। जसको हाम्रो मुटु स्वास्थ्यमाथि नकारात्मक प्रभाव पर्छ। त्यसकारण मुटु स्वास्थ्यका लागि तपाईंले आफ्नो तनावलाई नियन्त्रणमा राख्न आवश्यक हुन्छ।

मुस्कुराउनु र तनाव मुक्त हुनु दुबै एक–अर्काका पूूरक हुन्। जब तपाईं मुस्कुराउनु हुन्छ अनि शरीरमा जारी हुने फील गुड हार्मोनले ब्लड प्रेशरलाई बढ्न र गुड कोलेस्ट्रोललाई घटाउनबाट जोगाउँछ।

इम्युनिटी बुस्ट

अमेरिकाको माइलस्टोन अर्थोडन्टिक्सका अनुसार मुस्कुराउनका लागि तपाईंको अनुहारमा भएका ४३ मांसपेशियहरूले सहयोग गर्छ। यी सबै मांसपेशि तपाईंको एउटा कान नजिकको हड्डीबाट सुरु भएर अर्को कान नजिकको गालाको हड्डीसम्म फैलिएको हुन्छ। यीनमा विशेषगरी जाइथोम्याटिक्स जसले तपाईंको मुस्कानलाई गालासम्म तानेर ल्याउने काम गर्छ।

जाइगोम्याटिक्स थिचिनुको अर्थ हो तपाईं तनावमा हुनुहुन्छ। जबकी तपाईंको अनुहारमा रहेको उक्त मांसपेशीले खुशीको सङ्केत दिन्छ। यही सूचना जब तपाईंको मस्तिष्कसम्म पुग्छ अनि त्यहाँ तपाईं खुशी हुँदा शरीरका लागि अतिरिक्त इन्धन पठाउँछ। जसले तपाईंको इम्युनिटी बलियो हुन जान्छ।

त्यसकारण यदि तपाईं हिजोआज हरेक मौसम, काम वा मिटिङ्ग पछि थकान वा बिरामी हुने गर्नु भएको छ भने आफ्नो मुस्कुराउने कुरामा पनि ध्यान दिनुस्। जटिल प्रकृतिका मानिसहरू दिनभरमा मात्र १० देखि २० पटक मात्रै मुस्कुराउने गर्छन्। जुन खराब शारीरिक र मानसिक स्वास्थ्यको सङ्केत पनि हो।

नेचुरल पेन किलर

तपाईंको पीडामा तपाईंको मुस्कानले पेन किलरको पनि काम गर्छ। जब तपाईं बिरामी हुँदा वा तपाईं अन्य कुनै पीडामा भएको बेला तपाईंको प्रियजन वा आफन्तले तपाईंको हालखबर सोधेपछि वा तपाईंको पीडामा साथ दिँदा तपाईंको अनुहारमा मुस्कान आउँछ। जसले तपाईंको पीडामा पेन किलरको काम गर्छ। तपाईं पीडामा हुँदा पनि केही समयकै लागि भएपनि तपाईं बिर्सनुहुन्छ की तपाईं पीडामा हुनुहुन्छ भनेर। विशेषज्ञ त्यस स्माइललाई नेचुरुल पेन किलर मान्छन्। यसमा तपाईंको ह्याप्पी हार्मोन एन्डोर्फिनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

सम्बन्ध बलियो बनाउँछ

मुस्कानसहितको अनुहार सबैलाई राम्रो लाग्छ। जो मुस्किलले मुस्कुराउँछन् उनलाई पनि अर्काको मुस्कानसहितको अनुहार मन पर्छ। जर्नल अफ पर्सनैलिटी एन्ड सोशल साइकोलोजीको एक अध्ययन अनुसार मुस्कान तपाईंको व्यक्तिगत र व्यवसायीक सम्बन्धलाई पनि बलियो बनाउनमा सहयोगी हुन्छ।

मुस्कानका साथ सुरु गरिएका सम्बन्ध निकै राम्रो हुन्छ। जबकी तनावमा रहने र मुस्कुराउनमा कञ्जुसी गर्ने मानिसहरूबाट व्यक्तिहरू टाँढिन थाल्छन्। त्यसकारण राम्रो सम्बन्ध र व्यवासयगत सफलताका लागि पनि तपाईं मुस्कुराउन आवश्यक हुन्छ।

मुस्कानलाई आफ्नो दैनिकीमा समावेश गर्न यी उपाय अपनाउन सकिन्छः

ती व्यक्तिलाई आफ्नो नजिक राख्नुस् जसलाई भेटेपछि तपाईंलाई खुशी हुन्छ।

आफ्नो लागि खुशी रहने र मुस्कुराउने वाचा दैनिक बिहान उठेपछि आफैँसँग गर्नुस्।

खुशी हुने कारण भेट्नासाथ त्यसलाई अपनाइहाल्नुस्। मेरो व्यक्तित्वले यस्ता कुरालाई अनुमति दिँदैन भनेर खुशी हुनबाट पछि नहट्नुस।

अध्ययनका अनुसार दृश्वहरूले तपाईंको मस्तिष्कमा गहिरो प्रभाव पार्छ। त्यसकारण आफ्नो घरमा वा काम गर्ने ठाउँमा वा टेबुलमा मुस्कानसहितको केही दृश्य वा तस्बिर राख्नुस्।

बाठो भएर सफलता हासिल गर्ने कामले तपाईंको मुस्कानलाई खोस्ने काम गर्छ। त्यसकारण यस्ता कामबाट जोगिनुस्। र आफ्नो जीवनमा मुस्कुराउने कुनैपनि अवसरलाई खेर जान नदिएर त्यसलाई जम्मा गरेर राख्नुस्।

मुस्कुराउनका लागि ठोस कारण खोजेर नबस्नुस्, जे कुरामा खुशी प्राप्त हुन्छ त्यसमै मुस्कानसहित खुशी हुने गर्नुस्।

प्रकाशित: १८ आश्विन २०८१ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App