२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

झापाको खरबन्दी गाउँका ५० जना बिरामी, कारणबारे पुष्टि हुन बाँकी

झापाको अर्जुनधारा नगरपालिका–९ को खरबन्दी गाउँका स्थानीय बिरामी परेका छन्।

स्थानीय रीता निरौलाको घरमा मङ्गलवार पूजा लगाइएको र सो पूजामा प्रसाद खाएका मध्ये करिब ४०/५० जना बिरामी बताइएको छ। तर, उनीहरू प्रसाद खाएकै कारण बिरामी भएको भन्ने अहिले पुष्टि भइनसकेको नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले बताइन्।

उपप्रमुख पराजुलीका अनुसार बुधवार बिहान केही मानिसहरूमा टाउको दुख्ने, वान्ता हुने, पेट दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएकोमा साँझसम्म त्यो सङ्ख्या झन्डै ५० पुगेको छ।

उनले प्रसाद खाएकै कारण स्वास्थ्य अवस्था बिग्रिएको हो वा अन्य कुनै कारण हो भन्नेबारे जिल्ला स्वास्थ्य कार्यालयलाई परीक्षणका लागि बोलाइएको बताइन्।

परीक्षण पछि मात्रै बिरामी हुनुको कारणबारे प्रष्ट हुने उनले बताइन्।

बिरामी भएका अधिकांशको उपचार शनिचरे अस्पतालमा भइरहेको छ भने केही उपचार पछि घर फर्किएको पनि उनले जानकारी दिइन्।

बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन्।

प्रकाशित: २७ भाद्र २०८१ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App