स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको खोजी सुरु गरेको छ।
मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै ती जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि प्रशासन महाशाखा प्रमुख सहसचिव ऋषिराज आचार्यको संयोजकत्वमा समिति गठन गरेर काम थालेको जनाएको छ।
मन्त्रालयले तत् तत् निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र पठाउन पत्राचार समेत गरिसकेको पनि बताएको छ।
यस्तो छ मन्त्रालयको सूचनाः
प्रकाशित: २७ भाद्र २०८१ ०८:०० बिहीबार