१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

हैजा संक्रमितको संख्या २३ पुग्यो

कैलालीको धनगढीमा थप एक जनामा हैजा पुष्टि भएको छ। योसँगै नेपालमा हैजा संक्रमितको संख्या २३ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनामा हैजा पुष्टि भएको हो।

कैलालीमा मात्रै हैजाका बिरामीको सङ्ख्या ८ पुगेको छ। ललितपुरका विभिन्न क्षेत्रमा १४ र काठमाडौँको टोखामा १ जनामा हैजा देखिएको ईडीसीडीले जनाएको छ।

संक्रमित सबैको उपचार भइरहेको र  स्वास्थ्यमा सुधार देखिएको ईडीसीडीको भनाए छ। दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने गर्दछ।

प्रकाशित: १८ श्रावण २०८१ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App