८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पोलियो रोग उन्मुलन अभियानमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयको अपिल

सरकारले पोलियो रोग उन्मुलन अभियानमा सहयोग गर्न सबैमा अपिल जारी गरेको छ।

विश्वका विभिन्न स्थानमा पोलियो भाइरसको संक्रमण कायम रहेको र नेपालमा समेत भित्रने खतरा कायम रहेकाले उन्मुलन आवश्यक रहेको सरकारको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक अपिल जारी गर्दै सहयोग गर्न सबैमा अपिल गरेको हो।

मन्त्रालयले यहीँ ९ गते बुधबारदेखि १२ गते शनिबारसम्म काठमाडौं उपत्यकाका तीनै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु गर्दैछ। सोही अभियानमा सक्रिय भएर सहयोग गर्न भनेको हो।

गत जेष्ठ १३ गते काठमाडौंको खोलाबाट संकलन गरेको नमुनामा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाएको हो। मानिसमा उक्त भाइरस पुष्टि नभए पनि घटनाबारे सुक्ष्मरूपमा अनुगमन भइरहेको।

वातावरीण निगरानी अन्तर्गत ढलको नमूना परिक्षण जारी राखेको, अतिशिघ्र लुलो पक्षघातका बिरामीको निगरानी बढाएको र विशेषज्ञहरुसँग परामर्शको क्रम जारी राखेको मन्त्रालयको भनाइ छ।

प्रकाशित: ७ श्रावण २०८१ १८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App