१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लुम्बिनीमा योग प्रदर्शन

भगवान् गौतम बुद्धको पूज्य जन्मस्थल र युनेस्कोको विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना भएको छ। 

अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर भारतीय दूतावासको आयोजना तथा लुम्बिनी विकास कोषसँगको सहकार्यमा बृहत योग प्रदर्शनी भएको हो ।  ‘स्वयम् र समाजका लागि योग’ भन्ने मुल नारासहित यो वर्षको योग दिवस मनाइँदैछ ।  

योग कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले अझ स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको चर्चा गर्दै शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रुपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको उल्लेख गरे ।  

योग प्रदर्शनमा लुम्बिनी विकास कोषका अधिकारीसहित ९ सयभन्दा बढीको सहभागीता थियो ।  

यसअघि पोखरामा अन्तर्राष्ट्रिय योग प्रदर्शन आयोजना गरेको भारतीय दूतावासले नेपालका अन्य सहरमा पनि आयोजना गर्ने जनाएको छ । 

प्रकाशित: ६ असार २०८१ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App