१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आजबाट देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आजबाट देशैभर भिटामिन ‘ए’ क्यापसुल खुवाउने अभियान सुरु हुँदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गर्न लागेको हो।

अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पुर्ण बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइने छ।

बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्यापसुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप पनि लगाउन पनि सरकारले आग्रह गरेको छ।

प्रकाशित: ६ वैशाख २०८१ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App