जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धी ६४ औं अन्तर्राष्ट्रिय सम्मेलन मङ्गलवारदेखि नेपालमा सुरू भएको छ।
तीन दिनसम्म जारी रहने सो सम्मेलनमा नेपाल सहित विभिन्न राष्ट्रहरूले जलवायु परिवर्तन र यसको असर सम्बन्धी विभिन्न प्रस्तुति दिने छन्।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले गरेका छन्। मन्त्री बस्नेतले भने, 'जलवायु परिवर्तनको असरले सिन्धुपाल्चोक र मुस्ता मा बाढी पहिरो गएको छ। सर्ने नसर्ने रोगको भार बढ्दै गएको छ। जलवायु परिवर्तनको कारणले स्वास्थ्य क्षेत्रमा परेको असरका लागि नीतिगत आवश्यकता छ।'
कार्यक्रममा नेपालको तर्फबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग निर्देशक डा। मेघनाथ धिमालले स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको विषयमा प्रस्तुति गर्ने छन्। यो सम्मेलनमा ३० वटा राष्ट्रका ३ सय जना प्रतिनिधि सहभागी छन्।
प्रकाशित: ५ मंसिर २०८० १२:४४ मंगलबार