नेपाल रिपब्लिक मिडियाले १७ औँ वार्षिकोत्सवका अवसरमा तीन जनालाई नागरिक नायक २०८२ को सम्मान गरेको छ। शनिवार नेपाल पुलिस क्लबमा आयोजित समारोहका बिचमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिक नायक सम्मान प्रदान गरेको हो।
भारतको दूतावास, काठमाडौंले जम्मु–कश्मीरको पहलगाममा गत अप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणमा परी ज्यान गुमाएका २६ निर्दोष नागरिकको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।