१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकमा नेपालको हार, बङ्गलादेशकी साइमा विजयी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनावमा नेपालका लज्जास्पद हार भएको छ।

भारतको नयाँ दिल्लीमा आज अपराह्न भएको चुनावमा नेपालका तर्फबाट उम्मेदवार रहेका शम्भुप्रसाद आचार्यले कुल १० मत खसेकोमा २ मत पाएका छन्। आचार्यको प्रतिस्पर्धी बङ्गलादेशका उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेदले ८ मत प्राप्त गरी क्षेत्रीय निर्देशक पदमा विजयी भएकी छिन्। गोप्य मतदानमा यो क्षेत्रमा पर्ने राष्ट्रका स्वास्थ्यमन्त्रीहरुले भाग लिएका थिए।

यो चुनावको परिणामले क्षेत्रीय स्तरमा नेपालको कूटनीतिक क्षमता अत्यन्त कमजोर रहेको देखिएको छ। डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बङ्गलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन्। मतदानमा सैनिक शासन भएको मियान्मा बाहेक अन्य १० देशले भाग लिएका थिए।

‘यो मत परिणामले नेपाल यो क्षेत्रमा अत्यन्त कमजोर र निरीह रहेको देखिएको छ,’  डब्लुएचओमा कार्यरत एक नेपाली अधिकारीले बताए।

बङ्गलादेशकी प्रधानमन्त्रीकी छोरी यो पदमा उम्मेदवार भएकाले बङ्गलादेशले कूटनीतिक लबिङ तीव्र पारेको थियो भने नेपालले आफ्नो उम्मेदवारको पक्षमा प्रभावकारी लबिङ गर्न सकेको थिएन। 

प्रकाशित: १५ कार्तिक २०८० ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App