स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अति विशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को चौथो दीक्षान्त समारोहमा स्वास्थ्य मन्त्री बस्नेतले वीर अस्पतालमा उपचारका लागि माननीय सम्माननीयको ताती लागेको बताएका हुन्।
उनले वीरमा भिआइपी र भिभिआईपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको बताए। उनले आधारभूत स्वास्थ्य सेवा गरिब, विपन्नहरुका लागि निःशुल्क बनाउन आफू लागि परेको बताए।
स्वास्थ्य मन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा ठूलो जनशक्ति अभाव भइरहेको भन्दै दरबन्दी सृजना गरेर जाने सहमति भइसकेको बताए।
अहिले देखिएको जनशक्ति अभावको अन्यौल चाँडै समाधान हुने उनको भनाइ थियो। उनले दीक्षित भएकाहरु राष्ट्रको भविष्य र गरिमा भएको बताए।
प्रकाशित: १८ आश्विन २०८० १२:२९ बिहीबार