२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भेरीकोज भेनको उपचारमा पहिलो पटक ‘माइक्रोअब्लिगेशन प्रविधी’

करुणा अस्पतालले हालै भेरिकोज भेन रोगको शल्यक्रियामा आवश्यक प्रविधी माइक्रोवेभ अबिलेसनवाट सेवा सुरु गरेको छ।  

बुधवार अस्पतालले एक महिलाको भेरिकोज भेनको सफल शल्यक्रिया गरी सो सेवा सुरु गरेको हो। इन्ट्रोभेसनल रेडियोलोजिष्ट डा.मनिष थापाको टोलीले सो शल्यक्रिया गरेका हुन्। चिकित्सकले योे प्रविधीवाट भेरिकोज भेनको शल्यक्रिया सेवा नेपालमै पहिलो भएको दावी गरेका छन्।  

‘यस अघि लेजर र आरपिएफ (रेडियोफ्रिक्वेन्सीबाट अनावश्यक नशा जलाउन) प्रविधीवाट यो शल्यक्रिया हुँदै आएको थियो। यो प्रविधी सातवर्षदेखि विकसित राष्ट्रहरुमा प्रयोगमा आइसकेको भएपनि नेपालमा भने पहिलो पटक भित्रिएको डा. थापाले बताए।  

उनका अनुसार यो प्रविधी मार्फत कलेजो, हड्डी, मस्तिष्क तथा अन्य भागमा रहेका टियुमरको शल्यक्रिया गर्नको लागि नेपालमा प्रयोग हुँदै आएको छ। तर माइक्रोवेभ अब्लिगेशन प्रविधीमा भेरिकोज भेनको  शल्यक्रिया गर्न मिल्ने गरी प्रविधी थपिएकोले यो सवै भन्दा आधुनिक र नेपालमै पहिलो प्रविधी भन्नु परेको डा. थापाले बताए।  

यस अघिको प्रविधीको तुलनामा यो प्रविधीवाट शल्यक्रिया गर्दा रोगको समस्या नदोरिहने, बिरामी उही दिन शल्यक्रिया गरी घर फर्किन सक्ने, पुरै वेहोस गर्न नपर्नेै र अनावश्यक कोष तथा तन्तु नजल्ने जस्ता फाइदाहरु रहेको उनले जानकारी दिए। यो प्रविधीले नशाको जुन भाग जलाउन चाहेको त्यही माग मात्र जल्ने भएकोले शल्यक्रियापछि जटिलता आउँदैन र उपचारपछि ९८ प्रतिशत सफलता रहेकोले यसको उपयोग विकसित राष्ट्रमा बढी हुने गरेको उनले बताए।  

‘अन्य प्रविधीवाट भएका शल्यक्रियामा रोेग दोहोरिन्छ, यसमा ९९ प्रतिशत नदोरिएको अध्ययनले औल्याएका छन्’ डा. थापाले भने।  

नेपालमा कुल जनसंख्याका ३० देखि ४० प्रतिशत मानिसहरुमा भेरिकोज भेनको समस्या हुन्छ। यो समस्या भएपछि बिरामीको छालामा दाग देखिने, हिंड्न नसक्ने, खुट्टा सुन्निने, दुख्ने जस्ता समस्या हुन्छ । यसको समयमै उपचार नभएमा अन्य जटिल समस्या हुन्छ। यो समस्या धेरैवेर उभिएर दैनिक काम गर्ने गृहिणी , सुरक्षाकर्मी, सेना, ट्राफिक,शिक्षक, भरिया, भान्छामा काम गर्ने सेफ, नर्स, शल्यचिकित्सक लगायतमा बढी हुन्छ।

प्रकाशित: २५ भाद्र २०८० ०७:१७ सोमबार

‘माइक्रोअब्लिगेशन प्रविधी’