४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भरतपुरको ठूला अस्पतालको क्यान्टिनमा अनुगमन

सरसफाइमा ध्यान दिन निर्देशन

भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ। अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णु बहादुर भुजेलले जानकारी दिए।

महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, खाद्ययका कर्मचारी टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो। अनुगमनका क्रममा भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नारायणी सामुदायीक अस्पतालका क्यान्टिनमा सरसफाईमा ध्यान नपुराएको अनुगमन समितिका संयोजक भुजेलले जानकारी दिए। नारायणी सामुदायिक अस्पतालको क्यान्टिनमा बन्दसमेत गराइएको छ।

यत्ता अनुगमनका क्रममा भरतपुर महानगरपालिका १० का वडाध्यक्षले सरसफाई शुल्क काट्न निर्देशन दिएपनि भरतपुर अस्पताल भित्र रहेको क्यान्टिनमा रसिद काट्न समेत कर्मचारी पुगेन्। चितवन मेडिकल कलेजमा रहेको क्यान्टिनमा अनुगमन गर्दा सबै ठीकठाक देखेर कलेज अफ मेडिकल साइन्सेनमा अनुगमन टोली पुगेको थियो। त्यहाँ वडाध्यक्ष, कार्यपालिका सदस्य सहित कर्मचारीले सानो सानो विषय पनि सुस्म तरिकाले हेरिरहेका थिए।  

जहाँसम्म कि उसिन्दा फुटेको आलुलाई किन फुट्यो भनेर दोष लगाइरहेका थिए। तर, धेरै गुनासो आउने भरतपुर अस्पतालभित्र सञ्चालित क्यान्टिनमा भरतपुर महानगरपालिकाका कर्मचारी छिर्न आँट गरेनन्। भरतपुरका ठूला अस्पतालमा सञ्चालित क्यान्टिनको अनुगमन गर्ने योजना बनाएको महानगरले भरतपुर अस्पताल भित्रको क्यान्टिनको अनुगमन गर्ने योजना नै बनाएको थिएन।

अनुगमनकै क्रममा गुनासो आएपछि भरतपुर महानगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष खनालले कर्मचारीलाई भरतपुर अस्पतालको क्यान्टिन अनुगमनमा आउन निर्देशन दिए। तर, त्यहाँ कर्मचारी, प्रहरी कोही उपस्थित भएनन्। भरतपुर अस्पताल भित्रको दिदी बहिनी फास्टफुट एवं ग्रोसरी अनुगमनका क्रममा खनालसँग पत्रकारको समूहमात्रै थियो। तर, अनुगमनका क्रममा देखिएका विषयवस्तुको मुचुल्का उठाउने र गुणस्तर नाप्ने कर्मचारी कोही भएनन्।  

अनुगमनका क्रममा अनुमति नलिई भरतपुर अस्पतालभित्रको होटेलमा लत्ता कपडा बिक्री गरेको पाइएको वडाध्यक्ष खनालले बताए। ‘ग्रोसरी बेच्ने भनेर दिदी बहिनी फास्ट फुड नाममा दर्ता गरिएको छ। यहाँ कपडा पनि बेचिएको छ। होटल पनि सञ्चालन गरिएको छ’, उनले भने, ‘जुन प्रयोजनको लागि दर्ता गरिएको छ। त्यही सञ्चालन गर्न निर्देशन दिएको छु।’ भरतपुर अस्पतालभित्र सञ्चालनमा रहेको क्यान्टिनको भान्सामा सरसफाइ समेत नरहेको उनले बताए।  

क्यान्टिनमा बसेर खाने ठाउँमा हावा खेल्ने ठाउँ नभएकाले तुरुन्तै वातावरण अनुकुलित बनाउन निर्देशन दिएको वडाध्यक्ष खनालले बताए। अन्य क्यान्टिमा झै उनले पाँच हजार रुपैयाँ जारिवाना समेत तिर्न निर्देशन दिएका थिए। तर, रसिद काट्ने कर्मचारी त्यहाँ थिएन्। सोमबारको अनुगमन गरेको लिष्टमा महानगरपालिकाले भरतपुर अस्पतालको अनुगमन गरेको टिप्पणी समेत उठाएको छैन।

भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख थानेश्वर सापकोटाले भरतपुर अस्पतालको अनुगमनका विषयमा आफूहरुलाई थाहा नभएको बताए। रसिद समेत काटिएको छैन। सोमबार भरतपुर महानगरपालिकाले १३ वटा होटेल तथा किराना पसलमा अनुगमन गरेको छ। अनुगमन गरेकामध्ये अधिकांशमा म्याद सकिएका सामान र होटेलहरुले सरसफाइमा ध्यान नदिएको भेटिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णु बहादुर भुजेलले जानकारी दिए।

उनका अनुसार पाँच वटा होटेलमा ताला लगाइएको छ। पुरानो मेडिकल कलेजभित्रका दुई वटा होटेल, पुरानो मेडिकल अगाडिको सयपत्री खाजा घर, एभरेष्ट मःम ल्याण्ड र नारायणी सामुदायिक अस्पतालको क्यान्टिन बन्द गराइएको उनले बताए। सरसफाइमा ध्यान नदिएको, अस्पताल अगाडि चुरोट, गुट्का लगाएतको सामान बेचेको तथा दर्ता नगरेको कारण बन्द गराइएको हो। त्यसैगरी हाकिमचोकमा रहेको आरसी किराना पसल समेत बन्द गराइएको छ। त्यहाँ म्याद सकिएका खाद्य वस्तु थिए। अखाद्य वस्तुलाई महानगरले जफत गरेर नष्ट गरेको छ।

प्रकाशित: ९ श्रावण २०८० ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App