१५ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

डेंगी प्रकोपविरुद्ध तयारी शून्य

मनसुनको सुरुवातसँग देशको विभिन्न स्थानमा डेंगीको प्रकोप देखा परेसँगै मधेस प्रदेशमा पनि छिटफुट बिरामी देखिन थालेको छ। डेंगी प्रकोपको रूपमा बढ्न नदिन नियन्त्रणका लागि ‘सर्च एन्ड डेस्ट्रोय’ अप्रेसन मात्र प्रभावकारी उपाय हुने विज्ञहरूले बताउँदै आएपनि यसतर्फ स्थानीय सरकारले कदम चालेका छैनन्। स्थानीय सरकारले भने डेंगी नियन्त्रणका लागि पूर्व तयारीसमेत अवलम्बन गरेका छैनन्।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव झाका अनुसार यस प्रदेशको राजमार्ग क्षेत्रमा छिटफुट केस आएको जानकारीमा आएको छ। तर, ती केसहरू निजी क्लिनिकमा आएकाले हाम्रो रेकर्डमा आएका छैनन्। अहिले यो प्रदेशमा खासै डेंगीको प्रकोप छैन,’उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयबाट पनि जानकारी आएको छैन। केस भएको भए हाम्रो रेकर्डमा पक्कै आउथ्यो,’ उनले भने, ‘अब मनसुन सुरु भयो, केस आउन सक्छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार हामीले डेंगीको प्रकोप नियन्त्रणका लागि ‘लार्भिसाइड’विषाधि खरिद गरिसकेका छौं। अब प्रदेश सरकारबाट यसको प्रयोगबारे प्रक्षिण दिएलगत्तै द्रूत गतिमा औषधि छर्किने काम सुरुवात हुन्छ,’उनले भने। यो विषाधि खरिद गरेको मधेस प्रदेश पहिलो हो।

राजमार्ग क्षेत्रका पालिकाहरूले यहाँका काडी संकलन केन्द्रहरू, ग्यारेज, पानी जम्ने स्थानहरूमा लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गरिदिए केसहरू नै नदेखिने चिकित्सकहरू बताउँछन्। अव्यवस्थित फोहोर पानी, खुला नालालगायत कारणले डेंगीको उच्च जोखिममा रहेको चिकित्सकहरू बताउँछन्। अझ वस्तीबीचमा सञ्चालित ग्यारेज, कवाड संकलन केन्द्रहरूका कारण जोखिम बढ्दो रहेको चिकित्सकहरूको भनाइ छ। तर, नगरपालिकाले न सावधानीका उपाय अवलम्बन गरेको छ न नियन्त्रणको अभियान नै चलाएको छ।

अव्यवस्थित फोहोर पानी, खुला नालालगायत कारणले डेंगीको उच्च जोखिममा रहेको चिकित्सकहरू बताउँछन्। अझ वस्तीबीचमा सञ्चालित ग्यारेज, कवाड संकलन केन्द्रहरूका कारण जोखिम बढ्दो रहेको चिकित्सकहरूको भनाइ छ।

विशेषज्ञहरूका अनुसार लामखुट्टेका अन्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डेस्ट्रोय) विधि अपनाउनु नै प्रभावकारी हुने स्वास्थ्य प्रमुख यादव बताउँछन्। परिवर्तित व्यवस्था अनुसार स्वास्थ्यसम्बन्धी अधिकार स्थानीय सरकारमा छ। जसकारण केन्द्रीय सरकारबाट सावधानीका लागि अपनाउनुपर्ने उपाय र अपिल सहयोग गर्नेबाहेक कुनै अभियान चलाइएको छैन। विगतमा कतैकतै स्थानीय तहले फगिङ मेसिन प्रयोग गरेका थिए। जसलाई विशेषज्ञहरू अनावश्यक भनेका छन्।

स्थानीय सरकार ‘सर्च एन्ड डेस्ट्रोय’ अभियानमा गए डेंगी फैलिँदै फैलिँदैन। रोग फैलाउने लामखुट्टे खोजेर मास्ने अभियानलाई स्थानीय सरकारले सशक्त बनाउनुपर्ने यादव बताउँछन्। लामखुट्टेको प्रजनन प्रक्रिया पूरा हुन नदिनका लागि वस्ती वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने, कवाड संकलन केन्द्रमा रहेका खाली बोतल, प्लास्टिकका भाँडा, ड्रमहरूलाई घोप्टाएर राख्ने, पानी जम्न नदिने उपाय अपनाउनुपर्ने उनले बताए। डेंगीको संक्रमणबाट जोगीन लामखुट्टेले फुल पार्न सक्ने सबै स्थान खोजेर नष्ट गर्नुको विकल्प नरहेको उनी बताउँछन्।

‘एउटा मात्र संक्रमित लामखुट्टे बाँच्यो भने त्यसले एक वर्षमा रोग सार्न सक्ने करोडौं लामखुट्टे उत्पादन गर्न सक्छ,’उनले भने। उनका अनुसार एक संक्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा ५ सयदेखि एक हजार संक्रमित फुल पार्छ। यी सबै फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने लाखौं लामखुट्टे उत्पादन हुन्छन्। डेंगीको बढ्दो विस्तार नियन्त्रण गर्न सरोकारवाला सबै निकाय र नागरिक समाजले समन्वय गर्नुपर्ने उनले बताए।

मधेस प्रदेशको सहरी क्षेत्रमा गमला, फ्रिज, खाल्डाखुल्डी, टायर, प्लास्टिकका बोतल–बट्टा, टुक्राटाक्री बढी छन्। डेंगीको संक्रमण फैलिरहेका बेला यी उपाय अबलम्बन गर्न स्थानीय सरकारको नेतृत्वमा कार्य दू्रत गतिमा बढ्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।  

प्रकाशित: २७ असार २०८० ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App