९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा सेवा स्तरोन्नत्ति

फाइल तस्वीर

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्‍याइएको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ। बिरामीले ‘आइसोलेसन’सहितको सुविधा पाउने छन्। एक्सरे, प्रयोगशाला, शौचालय लगायत अन्य सुविधा पनि बिरामीलाई उपलब्ध हुने उनले बताए। करिब ३४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुयाइने डा चापागाईको भनाइ छ।

आकस्मिक कक्षमा बिरामीको अवस्था अनुसार रातो, पहेंलो र हरियो गरी शय्या तथा स्थान वर्गीकरण गरिएको छ। बिरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न ब्ल्याक रुमको व्यवस्था गरिएको छ। सरकारको संघीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ। यसअघि शय्या अभावका कारण बिरामीले आकस्मिक कक्षमा सास्ती भोग्दै आएका थिए।

आकस्मिक कक्षमा बिरामीको अवस्था अनुसार रातो, पहेंलो र हरियो गरी शय्या तथा स्थान वर्गीकरण गरिएको छ।

यसैबीच भेरी अस्पताल विकास समितिका पदाधिकारीको समेत बिदाइ गरिएको छ। अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सरस्वती मल्ल, कृष्णप्रसाद श्रेष्ठ र धनराम ओलीको बिदाइ गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले कदरपत्रसहित सम्मान गर्दै समितिका पदाधिकारीलाई बिदाइ गरे।

अस्पताल विकास समितिका पदाधिकारीलाई २०७७ जेठ १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षका लागि नियुक्त गरेको थियो। भेरी अस्पताललाई विशिष्टिकृत अस्पताल भनिए पनि जनशक्तिको अभाव रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराइएको छ। अस्पतालमा एक हजार तीन सय ७६ कर्मचारी आवश्यक रहेको बताइएको छ।

प्रकाशित: ११ जेष्ठ २०८० ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App