कालिकोटको नरहरीनाथ गाउँपालिका-८ लालुकी कलसा विष्ट र तपेन्द्र विष्टको पहिलो सन्तान छोरा जन्मियो। गाउँको बसाइ पहिलो सन्तान छोरा जन्मेपछि परिवार र छरछिमेकले निकै उत्सव नै मनाए। तर त्यो उत्सव धेरै दिन टिक्न सकेन।
छोरा ६ महिनाको हुँदा शरीरमा फोका र राता डाम निस्किए। हातखुट्टामा निलडाम देखिए। थोरै काटिँदा पनि रगत बगेको बगै भयो। कहिले नाकबाट आफैं रगत आउन थाल्यो। पहिलो सन्तान बिरामी भएपछि ती विष्ट दम्पतीले गाउँको स्वास्थ्य चौकीमा ल्याए। त्यहाँ देखाए, उपचार गराए तापनि निको भएन।
छोरा ६ महिनाको हुँदा शरीरमा फोका र राता डाम निस्किए। हातखुट्टामा निलडाम देखिए। थोरै काटिँदा पनि रगत बगेको बगै भयो। कहिले नाकबाट आफैं रगत आउन थाल्यो।
आर्थिक अवस्थासमेत कमजोर रहेको विष्ट परिवार छोराको उपचारका लागि कालापाहाड गए। कमाउँदै उपचार गर्दै गरे। तर पनि निको भएन। भारतबाट बिरामी छोरा र कमाएको पैसा उपचारमै खर्चेर घर फर्किए। घर फर्किंदा गाडीमा त्यस्तै रोगका अर्को बिरामीसँग भेट भयो। यो रोग त काठमाडौं गएपछि निको हुन्छ। फ्याक्टर लगाउनुपर्छ भनेर सल्लाह पाएँ। गाउँ आएर उनीहरूले सुनका गहना र घर बिक्री गरेर काठमाडौं गए।
काठमाडौं वीर अस्पतालमा छोरालाई हिमोफिलिया भएको थाहा पाए। बिरामी वसन्त बिष्टकी आमा कमलाले भनिन्, ‘छोराको बिराम थाहा पाउनै २ वर्ष लाग्यो। त्यति बेलासम्म झन्डै १५ लाख रूपैयाँ उपचारमा खर्च भइसकेको थियो। पछि थप ऋण सापट गरेर जेठो छोरालाई उपचार गरियो।
आर्थिक अवस्थासमेत कमजोर रहेको विष्ट परिवार छोराको उपचारका लागि कालापाहाड गए। कमाउँदै उपचार गर्दै गरे। तर पनि निको भएन।
त्यति बेलै हिमोफिलियाका बिरामीले खोलेको संस्था हिमोफिलिया सोसाइटी नेपालमा आबद्ध भए। त्यसपछि छोराको उपचारका लागि औषधि यो संस्थाले सहयोग गर्न थाल्यो।
उनका पति तपेन्द्र विष्ट भारतको बेंग्लोर गए। उनले कमाएर पठाउने कमलाले छोराको उपचार र रेखदेख गर्ने गरिन्। १८ वर्षदेखि पति बेंग्लोरमै रोजगारी गर्छन्। संस्थाको सहयोगले विष्ट दम्पतीलाई आर्थिक समस्याबाट केही राहत भयो। उसलाई ९ फ्याक्टर लगाउनुपर्छ। तर यो फ्याक्टर निकै सटेज हुन्छ।
अहिले यो फ्याक्टर नपाउँदा तीन हप्तादेखि जेठो छोरा ओछ्यानमै तड्पिरहेको छ। आमा कमलाको रुवाबासी छ। १८ वर्षको ८ कक्षा पढ्ने छोरालाई औषधि नपाउँदा शौचालय लिन पनि बोकेर लिनुपर्छ। विद्यालय जान पाएको छैन। बायाँ खुट्टाको घुँडा फुलेको छ। नाकबाट निरन्तर रगत बग्छ। शरीर दुख्या भनेर छोरा कराउँछ। दिनमा दुई गोली ब्रुफिन खुवाएर सुताउनुपर्छ।
छोराको छटपटी सुनाउँदै कमलाले भनिन्, ‘यो फ्याक्टर कहिले ५ महिनादेखि वर्ष दिनसम्म पाइँदैन। त्यति बेलासम्म दुखाई कम हुने गोली ओभर डोज खुवाएर छोरालाई ओछ्यानमा सुताउनुपर्छ। त्यो औषधि पाइयो भने एक डोज लगाउने बित्तिकै छोरा विद्यालय हिँडेर जान्छ।
अहिले यो फ्याक्टर नपाउँदा तीन हप्तादेखि जेठो छोरा ओछ्यानमै तड्पिरहेको छ। आमा कमलाको रुवाबासी छ।
जेठो छोरा मात्र होइन, जेठो छोरा जन्मेको तीन वर्षपछि माइलो छोरा कृष्ण जन्मियो। उसलाई पनि वर्ष दिन हुँदा त्यही रोग देखियो। गाउँमा जेठो छोरालाई उपचार गर्दा गर्दै सम्पती सकिएर आर्थिक जोखो गरेर उपचारमा लिदै गर्दा बिचबाटोमै माइलो छोराको मृत्यु भयो। त्यसको दुई वर्षपछि कान्छो छोरा अमिम विष्ट जन्मियो। ऊ पनि त्यही रोगको सिकार बनेको छ। उसलाई पनि ९ फ्याक्टर नै लगाउनुपर्छ। हाल कक्षा ६ मा पढ्छ। उसको पनि शरीर दुख्छ। नाकबाट रगत बग्छ। औषधि छैन। तर जेठो छोरालाई जस्तो गारो छैन। अलि कम छ।
विष्ट दम्पतीलाई मात्र होइन, कर्णालीमा हिमोफिलिया रोगका कारण धेरै परिवारलाई सताएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहेलकुनाका लालसिंह बिक पनि त्यही रोगले ग्रसित छन्।
प्रकाशित: ५ जेष्ठ २०८० ०२:४१ शुक्रबार