६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले दियो महावैलाई स्वास्थ्य सामग्री

कालिकोटकाे महावै गाउँपालिकाका स्वास्थ्य संस्थाहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि र उपकरण दिएको छ।

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले केही औषधि र आवश्यक उपकरणको माग गरेपछि मन्त्रालयले माग गरिएका समाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।

मन्त्रालयले १५ वटा अक्सिजन सिलिन्डर , पिपि सेट, नेमोलाईजर मेसिन आवश्यक  औषधि सहयोग गरेको छ। महावैले अहिले १५ शैय्याको अस्पतालको सेवा ओदा फाउन्डेसनबाट दिरहेको अध्यक्ष खेमबहादुर सिंहले बताए।

गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरूबाट सहज र सरल रूपमा नागरिकलाई सेवा दिन मन्त्रालयमा सो समाग्री सहितको माग गरेको बताए।

प्रकाशित: ५ पुस २०७९ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App