७ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

समावेशी शिक्षा सम्बन्धी शिक्षकलाई तालिम

समावेशी शिक्षा विषयक शिक्षकलाई पाँच दिने तालिम सुरु भएको छ। विद्यालय बाहिर रहेका किशोर किशोरीलाई विद्यालयमा प्रवेश गराउने उद्देश्यले खाँडाचक्र नगरपालिका भित्रका १७ वटा विद्यालयलका शिक्षकहरुलाई तालिम दिएको हो।

विद्यालय बाहिर रहेका किशोर किशोरीहरुका लागि शिक्षा र जीवन उपयोगी सिपमा अवसर (ईलोशा) परियोजना अन्तर्ग समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजना तथा युनिसेफको सहयोगमा तालिम सुरु गरिएको छ।

समाज जागरण केन्द्र (स्याक) नेपालका परियोजना संयोजक हरि तिवारीले कार्यक्रमका उद्देश्यमाथि प्रष्ट पार्दै विद्यालयलाई समतामूलक बनाउने, कक्षा कोठालाई समावेशी बनाउने, कक्षा कोठा शैक्षणिक उद्देश्य प्राप्तिका लागि व्यवस्थित बनाउने, किशोर किशोरीलाई समतामूलक शिक्षा प्रदान गर्ने तालिमको उद्देश्य रहेको बताए।

उनले भने ‘खाँडाचक्र नगरपालिकाका १७ वटा विद्यालयमा (स्याक) नेपालले काम गरिरहेको छ। १७ वटा विद्यालयमा २ सय ६६ जना किशोर किशोरीहरु विद्यालय बाहिर रहेको तथ्यांकमा छ।’ विद्यालय बाहिर रहेका किशोर किशोरीलाई अनौपचारिक शिक्षासम्बन्धी तालिम दिने तथा केही किशोर किशोरीलाई जिवन उपायोगी सीपमुलक तालिम समेत दिएर आत्मनिर्भर बनाउने कार्यक्रम संयोजक तिवारीले बताए।

कालिकोटका अधिकांश स्थानीय तहमा अहिले पनि बालबालिका विद्यालय बाहिर छन्। बालमैत्री विद्यालय नहुनु र समोवेशी शिक्षाको अभावले किशोर किशोरीले विद्यालय छोड्ने गरेको सहभागीहरुको भनाइ छ। एक विद्यालयका २ जना शिक्षकलाई ५ दिनसम्म समावेशी शिक्षाको लागि तालिम आयोजना गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाईका प्रकाशचन्द्र धिताल र पंन्चदेव मा.विका चन्द्रप्रसाद कोइरालाले शिक्षकहरुलाई तालिम दिने छन्।

प्रकाशित: २२ भाद्र २०७९ १३:०५ बुधबार

समावेशी शिक्षा विषयक शिक्षक समाज जागरण केन्द्र (स्याक) नेपाल शिक्षकतालिम