२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

नेक र भारतको डेलनेटबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुर र भारतको डेलनेट जेनु क्याम्पसबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

डेलनेट इण्डियाको लार्जेष्ट रिसोर्स सेयरिंग लाइब्रेरी नेटवर्क हो। भारतको सबैभन्दा ठूलो संसोधन साझेदारी पुस्तकालय नेटवर्क डेलनेटको ३३ राज्य र आठ देशहरूमा ६ हजार आठ सय भन्दा बढी पुस्तकालयहरू लिङ्क गर्दै आएको छ।

समझदारीपछि नेकले कला, विज्ञान, वाणिज्य, शिक्षा, सामाजिक विज्ञान, व्यवस्थापन, ईन्जिनियरिङ् प्रविधि, दन्त र चिकित्सा विज्ञान आदिसहित विभिन्न क्षेत्रहरूमा चयन गरिएका अन्तर्राष्ट्रिय पूर्ण-पाठ पत्रिकाहरूमा पहुँच हुने जनाइएको छ।

साथै ई-पुस्तकहरू (अन्तर–पुस्तकालय ऋणमा) उधारो र जर्नल लेखहरूको प्रतिलिपिहरू प्राप्त गर्ने सुविधाका साथ पुस्तकहरू, जर्नलहरू, लेखहरू, इत्यादिको तीन करोड भन्दा बढी क्याटलग रेकर्डहरूमा पहुँच हुने जनाइएको छ। समझदारीपछि ई-पुस्तकहरू, ई-लेखहरू र ई-जर्नलहरू सहित एक दशमलव ६ करोड भन्दा बढी पूर्ण–पाठ कागजातहरू प्राप्त गर्न सकिने जनाइएको छ।  

यी सबै कामका लागि सबै सहयोगी हातहरू विशेष गरी कम्प्युटर विज्ञान र इन्जिनियरिङ विभागका प्रमुख सहायक प्राध्यापक सुन्दर कुँवर, समन्वयको लागि सहायक प्राध्यापक आशिष के झा, र कागजी कार्य पूरा गर्नका लागि नेक पुस्तकालयलाई धन्यवाद दिइएको छ।

यसबाट कलेजका विद्यार्थी, शिक्षक र कर्मचारीहरूले डेलनेटलाई यसको पूर्ण क्षमतामा प्रयोग गने विश्वास नेकले लिएको छ। सूचना विज्ञान र प्रविधिको क्षेत्रमा वैज्ञानिक अनुसन्धान सञ्चालन गर्न, क्षेत्रमा नयाँ प्रणालीहरू विकास गर्न, र अनुसन्धानको नतिजाहरू लागू गर्न सदस्य पुस्तकालयहरूलाई जानकारी सङ्कलन, भण्डारण, आदान–प्रदान र प्रसार गर्न प्राविधिक मार्गदर्शन प्रदान गर्न, र उपयुक्त संकलनको लागि प्रयासहरू समन्वय गर्न।

डेलनेटले दुई नयाँ सेवाहरू जारी गरेको छ। डिस्कभरी सर्भिस र नलेज गेनर पोर्टल, नयाँ गेटवेले उत्कृष्ट ज्ञान खोज्ने सुविधाहरू समावेश गर्दछ। यो एकसीधा, एकल–विन्डो खोज तह हो जसले प्रयोगकर्ताहरूलाई सुविधा सम्पन्न वातावरणमा डेलनेटमार्फत उपलब्ध सञ्जाल पुस्तकालय सामग्रीहरू अन्वेषण गर्न प्रलोभन दिन्छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App