उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरिएको छ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरुको हकमा शुल्क यथावत राखेको जानकारी दिँदै सो शुल्क निर्धारण भएको जनाएको हो।
आयोगले बीडिएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० निर्धारण गरेको जनाएको छ। आयोगको २०७७ माघ ९ गतेको निर्णयलाई नै यथावत रहेको सूचना जारी गर्दै जानकारी दिएको हो।
के पढ्न कति खर्च ?
प्रकाशित: २९ वैशाख २०७८ ०७:३८ बुधबार