विराटनगर - विराटनगरका उच्च माविहरू विद्यार्थीको आकर्षणको केन्द्र बन्न थालेका छन्। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकाले यहा“का उच्च माविहरू विद्यार्थी र अभिभावकको रोजाइमा पर्न थालेका हुन्।
राम्रो भौतिक पूर्वाधार, दक्ष शिक्षक र गुणस्तरीय शिक्षाको संयोजन नै विराटनगरको उच्च शिक्षाका विशेषता हुन्। उच्च शिक्षाका लागि विराटनगरका विद्यार्थीले काठमाण्डौं वा अन्यत्र जानुपर्ने बाध्यता नभएको अर्किड कलेजका शिक्षक अमित ढकाल बताउ“छन्। उनका अनुसार विराटनगरका उच्च माविहरूमा अध्ययन गरेका विद्यार्थीले हरेक वर्ष मेडिकल, इन्जिनियरिङलगायतका विभिन्न विषयमा नाम निकाल्न सफल भएका छन्।
विराटनगरका कलेजहरूका विद्यार्थी पटक–पटक बोर्ड प्रथम पनि भइसकेका छन्। यहा“का उच्च माविहरूको गुणस्तर नै विद्यार्थीको मुख्य आकर्षण हो। गुणस्तरीय शिक्षाका लागि काठमाडौंलाई टक्कर दिन सक्ने विराटनगर नै भएको उनको दाबी छ। यति मात्र होइन, प्रदेश १ कै अन्य सहरको तुलनामा विराटनगरका उच्च माविहरूमा अध्ययन गर्दा खर्च पनि कम लाग्छ। ‘सस्तोमा गुणस्तरीय शिक्षा पाउने भएकाले पनि विद्यार्थीको रोजाइमा विराटनगर पर्ने गरेको हो,’ उनले भने।
विराटनगरमा खान–बस्नसमेत अन्य सहरको तुलनामा निकै सस्तो छ। यहा“का विद्यालय र कलेजमा अध्ययन गर्ने विद्यार्थीले हरेक वर्ष विभिन्न संकायमा बोर्ड टप गरेकै हुन्छन्। पछिल्लो समय विराटनगर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, पत्रकारितालगायतका विषय अध्ययनका लागि विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ। शैक्षिक हबका रूपमा विकास हु“दै गरेको विराटनगरमा प्रदेश नम्बर १ र २ का अधिकांश जिल्लाबाट उच्च शिक्षाका लागि विद्यार्थी आउने गर्दछन्। कक्षा ११ र १२ मा मात्र नभई त्यसमाथिको उच्च शिक्षाका लागि पनि विराटनगर विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। विराटनगरमा नेपालका मात्र नभई सीमावर्ती भारतीय सहरबाट पनि धेरै विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि आउने गर्दछन्।
विराटनगरका उच्च माविहरूले माथिल्लो शैक्षिक तह अध्ययनका लागि आधार तयार पार्ने ढकाल बताउ“छन्। यहा“का उच्च माविहरूले माथिल्लो तह अध्ययनका लागि आधार तयार पारेकै कारण नेपालभित्र मात्र नभई विदेशी कलेज अध्ययन गर्न गएका मेडिकल, इन्जिनियरिङका विद्यार्थीले पनि राम्रो नतिजा ल्याइरहेको उनले बताए। विराटनगरका उच्च माविहरूबीचको प्रतिस्पर्धाले पनि हरेक वर्ष शिक्षाको गुणस्तर सुधार भइरहेको छ। न्यून शुल्कमा राम्रो नतिजा ल्याउने प्रतिस्पर्धाले अभिभावक र विद्यार्थीलाई पनि फाइदा पुगिरहेको छ।
विराटनगरमै गुणस्तरीय शिक्षा र सुविधासम्पन्न पूर्वाधारसहितका कलेजहरूको स्थापना हुन थालेपछि केही वर्षयता उच्च शिक्षाका लागि काठमाडौं वा भारतका विश्वविद्यालयमा भर्ना हुन जाने विद्यार्थीको संख्यामा उल्लेख्य कमी आइरहेको छ। काठमाडौं वा भारतका कलेजमा पढ्दा भन्दा विराटनगरकै उच्च माविमा पढ्दा नतिजा राम्रो आउने भएपछि विराटनगरबाट विद्यार्थी बाहिरेने क्रम घटेको हो। प्रदेश १ र २ का अधिकांश जिल्लाका विद्यार्थी विराटनगरमा उच्च शिक्षा अध्ययनका लागि आउने गरेका छन्।
पाँच वर्ष अघिसम्म विराटनगरबाट काठमाडौंलगायत भारतका विभिन्न सहरमा पढ्न जानेहरूको लर्को लाग्ने गर्दथ्यो। तर, पाँच वर्षयता विराटनगरबाट अन्यत्र अध्ययनका लागि जाने विद्यार्थीको संख्या न्यून हु“दै गएको निजी उच्च माविहरूको संस्था हिसान मोरङका अध्यक्ष राजेश कार्की बताउँछन्। उनका अनुसार पुराना कलेजहरूले पूर्वाधार विस्तारस“गै नया“नया“ रोजगारमूलक विषय थप्दै जान थालेपछि विराटनगरबाट अन्यत्र जाने विद्यार्थीको संख्यामा कमी आउन थालेको हो।
प्लस टुसम्मको शिक्षाका लागि विराटनगरका ९० प्रतिशत बढी विद्यार्थी यहीँका उच्च माविहरूमा अध्ययन गर्ने गरेका छन्। कार्कीले भने, ‘विराटनगरले ९० प्रतिशतभन्दा बढी विद्यार्थी यहीँ होल्ड गर्दै आएको छ।’ विराटनगरका कलेजहरूका विद्यार्थीले प्लस टुमाथिको शिक्षा अध्ययनका लागि लिइने परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेका छन्। नेपालका मात्र होइन, विदेशी विश्वविद्यालयमा पनि यहा“का विद्यार्थीले नाम निकाल्न सफल भइरहेका छन्। विराटनगरका उच्च माविहरूमा विज्ञान विषयमा विद्यार्थीको विशेष आकर्षण हुने गरेको छ। विज्ञान विषय लिएर पढेपछि मेडिकल, इन्जिनिरिङलगायतका क्षेत्रमा अध्ययन गर्न पाइने भएकाले धेरैजासो विद्यार्थीको आकर्षण विज्ञान विषय हुने गरेको हो।
हिसान मोरङका अनुसार यहा“ हाल ४५ वटा उच्च मावि सञ्चालनमा छन्। जसमा ३७ वटा निजी र अन्य सामुदायिक उच्च मावि छन्। उच्च माध्यमिक तहका अप्राविधिक विषयमा मात्र होइन, प्राविधिक शिक्षा अध्ययन गर्नेहरूका लागि पनि विराटनगर रोजाइमा पर्न थालेको छ। विराटनगरमा सञ्चालनमा रहेका आधा दर्जन प्राविधिक शिक्षाका कलेजले प्राविधिक शिक्षा लिने विद्यार्थीको चाहना पनि पूरा गरिरहेका छन्। यहा“ स्वास्थ्य र इन्जिनियरिङ विषयका प्राविधिक कलेज सञ्चालनमा छन्। यी कलेजमा स्टाफ नर्स, ल्याब असिस्टेन्ट, रेडियोलोजी, अनमी, फार्मेसी, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङलगायतका विषय पठनपाठन हुने गरेको छ।
विराटनगरमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज पनि सञ्चालनमा छन्। बेलायतको युनिभर्सिटीको सम्बन्धनमा विराटनगरस्थित मेरिल्यान्ड कलेजले स्नातक तहको बिआइबिएम सञ्चालनमा ल्याएको छ। प्राविधिक विषयको अध्ययनपछि रोजगारी पाउने सम्भावना धेरै हुने भएकाले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ। विराटनगरमा नोबेल र विराट गरी दुईवटा मेडिकल कलेज पनि सञ्चालनमा छन्। यस्तै, इस्टर्न इन्जिनियरिङ कलेज, पूर्वाञ्चल विश्वविद्यालय साइन्स एन्ड टेक्नोलोजी कलेजलगायत प्राविधिक र अप्राविधिक विभिन्न संकायका स्नातकोत्तर तहसम्मका कलेज पनि सञ्चालनमा छन्। यस्तै, उच्च शिक्षाका विभिन्न विषय अध्यापन गराउने कलेजको पनि कमी छैन।
प्रकाशित: १९ असार २०७६ ०५:१६ बिहीबार