१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

केएमसी एजुकेसनले रोजगार मेला गर्ने

काठमाडौं–काठमाडौं मोडेल कलेज(केएमसी) एजुकेसन नेटवर्कले स्नातक तह उतीर्ण विद्यार्थीका लागि रोजगार मेला आयोजना गर्ने भएको छ। मंसिर २१ गते विभिन्न कम्पनी, बैंकिङ, गैरसरकारी क्षेत्रका २५ भन्दा बढी रोजगारदाता सस्थांको सहभागिता हुने नेटवर्कका निर्देशक किशोर गौतमले जानकारी दिए।

मेलामाविभिन्न संकायमा स्नातक तह उतीर्ण १३० जनाभन्दा बढी विद्यार्थीसँग रोजगारदाताले अन्र्तवार्ता गरी छनोट गर्ने उनले बताए। कलेजले गैर इन्जिनियरिङ संकायका विद्यार्थीकालागि मंसिर १० देखि १२ सम्म अन्तर्वार्ता, आवेदन लेखन र व्याक्ति विकास सम्बन्धी तालिमसमेत गरेको छ । यसरी नै इन्जिनियरिङ संकायका विद्यार्थीका लागि १२ देखि १४ गतेसम्म तालिम आयोजना गरिने  निर्देशक गौतमले जानकारी दिए । मेलामा केएमसी कलेज बालकुमारी, हिमालय कलेज अफ इन्जिनियरिङ र एपोलो इन्टरनेसनल कलेजका विद्यार्थी सहभागी हुनेछन्। कलेजले यस्तो मेला अब प्रत्येक वर्ष आयोजना गर्ने जनाएको छ। 

प्रकाशित: १२ मंसिर २०७५ ११:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App