१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

खोटाङमा समता स्कुल

खोटाङ – मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट शिक्षाको प्रबन्ध गर्दै आएको समता स्कुलले खोटाङमा पनि पठनपाठनको तयारी गरेको छ। नेपालमा सन् २००१ बाट सुरु भएको समताले ४४ औं जिल्लाका रूपमा खोटाङमा नयाँ शैक्षिक सत्रदेखि पठनपाठनको अन्तिम तयारी गरेको हो। वैशाखको दोस्रो साताबाट पठनपाठन सुरु गर्नेगरी विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको समता स्कुलका निर्देशक दीपक सञ्जेलले बताए।

नर्सरी, एलकेजी, युकेजी र कक्षा १ मा तीन सय विद्यार्थी भर्ना गर्ने लक्ष्यका साथ समताकी मञ्जु श्रेष्ठले काम गरिरहेकी छन्। भर्नाका क्रममा १५० र मासिक एक सय शुल्कमा नर्सरीदेखि स्नातकोत्तर तहसम्म पढाउँदै आएको समताले नयाँ शैक्षिक सत्रबाट नेपालका सबै ७७ जिल्लामा पठनपाठन सुरु गर्ने अभियानअन्तर्गत दिक्तेलमा पनि भर्ना अभियान चलाएको हो। जिल्ला प्रहरी कार्यालयनजिक पक्की घरमा सञ्चालन हुने समता स्कुलमा हालसम्म २८७ विद्यार्थी भर्ना भइसकेका छन्।

प्रकाशित: २६ चैत्र २०७४ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App