१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
शिक्षा

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७०.६० प्रतिशत उत्तीर्ण

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन भएको छ।राष्ट्रिय परीक्षा बोर्डले आइतबार पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो।

बोर्डका अनुसार परीक्षामा एक लाख २२ हजार एक सय ७१ जना परीक्षार्थी सहभागीमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशतले ग्रेड प्राप्त गरेका छन्।

यसैगरी, दुई जनाको परीक्षाफल रद्द भएको छ भने तीन जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ।गत भदौ २५ र २६ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो।

प्रकाशित: ४ कार्तिक २०८१ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App