१० चैत्र २०८२ मंगलबार
image/svg+xml
शिक्षा

एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थी सम्मानित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो। त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै पूर्व मन्त्री एवं सांसद भगबती चौधरीले शिक्षा हासिल गरेर नै भविष्य निर्माण गर्न सकिने बताइन। त्यसैले पढ्ने उमेरमा पढाइमा ध्यान केन्द्रित गर्न सांसद चौधरीले आग्रह गरिन्।  

प्रकाशित: २० श्रावण २०८१ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App