६ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

बानेश्वरमा तनावको स्थिति, शिक्षक र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरु)

बुधबारदेखि देशभरका शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन्। बिहीबार पनि आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ।

शिक्षकहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो।  

बानेश्वर क्षेत्रमा अहिले तनावको स्थिति सिर्जना भएको छ। 

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। सरकारले ल्याएको शिक्षा विधेयकको विरोध गर्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

 

प्रकाशित: ४ आश्विन २०८० ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App