९ मंसिर २०८१ आइतबार
image/svg+xml
शिक्षा

विश्वविद्यालयभित्रको बेथिति

विश्वविद्यालय एउटा साझा संस्था हो, जहाँ विश्वभरिका मानिस ज्ञान आर्जन गर्न आउँछन्। यस्तो प्राज्ञिक थलोमा अनुसन्धान, शिक्षण र विचार मन्थन हुन्छ। विद्यार्थीले जीवनको लक्ष्य प्राप्त गर्ने स्थल हो विश्वविद्यालय। तर त्यही विश्वविद्यालयका विद्यार्थी जब नियुक्ति र भर्नाको निहुँमा आफ्नै गुरुलाई कालो मोसो दल्ने, कुट्ने र अमर्यादित व्यवहार गर्न थाल्छन्, तब त्यो आपराधिक थलो बन्छ। यस्तै अप्रिय घटना जेठ २९ मा पूर्वाञ्चल विश्वविद्यालयमा भएको छ।

नेपाल विद्यार्थी संघ मोरङले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई उनको निवासमा पुगेर बिहान साढे नौ बजे कालो मोसो दलेका छन्। अध्यक्ष दाहालले विश्वविद्यालयभित्र २२ वर्षपछि निश्पक्ष र खुला प्रतिस्पर्धाबाट शिक्षक कर्मचारी नियुक्तिको बाटो खोलेकै कारण उनलाई कालो मोसो दलिएको थियो। विश्वविद्यालयभित्र पार्टीका कार्यकर्तालाई अस्थायी र करार नियुक्तिको विकृति हटाउन खोज्दा विद्यार्थी युनियन तथा संघसंगठनलाई नयाँ बाटो पचेन। र, आफ्नै गुरुलाई कालो मोसो दलिदिए।

विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालले २२ वर्षपछि सेवा आयोगको विज्ञापन खोलेर अधिकृतदेखि श्रेणीविहीनसम्मका एक सय १५ कर्मचारी भर्नाका लागि ०७८ चैत १५ मा विज्ञापन खुलाएका थिए। पहिलो चरणको परीक्षा भएर नतिजा प्रकाशित हुँदा यस नतिजामा भोजपुर, ताप्लेजुङ, गुल्मी, पाल्पा, स्याङ्जालगायतका देशभरिकै शिक्षक कर्मचारी प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएको विद्यार्थीका संघसंगठनलाई असह्य भएको दुखेसो गर्छन् पीडित प्रा.डा. दाहाल।

नेपाल विद्यार्थी संघ मोरङले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई उनको निवासमा पुगेर बिहान साढे नौ बजे कालो मोसो दलेका छन्। अध्यक्ष दाहालले विश्वविद्यालयभित्र २२ वर्षपछि निश्पक्ष र खुला प्रतिस्पर्धाबाट शिक्षक कर्मचारी नियुक्तिको बाटो खोलेकै कारण उनलाई कालो मोसो दलिएको थियो।

‘म ६९ वर्ष भएँ। ३४ वर्ष शिक्षा क्षेत्रमै बिताएँ। पूर्वाञ्चल विश्वविद्यालयमा चार वर्षका लागि नियुक्ति भएकोमध्ये २ वर्ष २ महिना राम्रैसँग बित्यो’, अर्थशास्त्रका प्राडा दाहालले नागरिकसँग भावुक हुँदै भने, ‘सेवा आयोगमा २२ वर्षपछि खुला प्रतिस्पर्धाबाटै शिक्षक कर्मचारी नियुक्ति गरी विश्वविद्यालयभित्र प्राज्ञिक मर्यादा कायम गर्न खोज्दा नेपाल विद्यार्थी संघका विद्यार्थी गुन्डागर्दी शैलीमा मेरै निवासमा आएर कालो मोसो दलेर मोटरसाइकलमा भागे।’

उनले भावना पोखे, ‘यत्रो वर्षदेखि कायम भएको मेरो सामाजिक प्रतिष्ठामै आँच पुगेको छ। यसको क्षतिपूर्ति कसरी र कसले गर्ने?’

चैत १५ मा विज्ञानको पहिलो पेपरको परीक्षा नतिजा प्रकाशित भएसँगै विश्वविद्यालयभित्रकै राजनीतिक दलका शिक्षक कर्मचारीको करार र अस्थायीको बाटो बन्द भएको भन्दै केहीले उनलाई उक्त प्रक्रिया रोक्न दबाबसमेत दिए।

विद्यार्थीले विज्ञापन प्रक्रिया खारेजीको माग गर्दै सेवा आयोगमा तालाबन्दी पनि गरे। सर्वोच्चमा मुद्दा पनि पर्‍यो। तर सर्वोच्चले प्रक्रियामा कुनै त्रुटि नभएको भन्दै कामकारबाही अघि बढाउन सेवा आयोगलाई आदेश दिएकै आधारमा नियुक्तिको परीक्षा प्रक्रिया अघि बढाएको उनले जनाए।

त्रिविमा ३४ वर्ष पढाएँ। राष्ट्र बैंकमा सात वर्ष पद पूर्ति समितिमा बसेर काम गरें। कर्मचारी सञ्चय कोषमा चार वर्ष निर्देशक भएँ। राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाकारसमेत भइसकेको मलाई त्रिविबाट अवकाश प्राप्त भएको २ वर्षपछि सरकारले मलाई विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष नियुक्ति गरेको हो’, अध्यक्ष दाहालले मलीन स्वरमा भने, ‘आज राज्यले मेरो आवश्यकता महसुस गरेर मलाई नियुक्ति गरेको हो।

चैत १५ मा विज्ञानको पहिलो पेपरको परीक्षा नतिजा प्रकाशित भएसँगै विश्वविद्यालयभित्रकै राजनीतिक दलका शिक्षक कर्मचारीको करार र अस्थायीको बाटो बन्द भएको भन्दै केहीले उनलाई उक्त प्रक्रिया रोक्न दबाबसमेत दिए।

एउटा दलको संगठनले जसको सेवा आयोगसँग कुनै सरोकारै छैन, ती विद्यार्थीले निवासमै आएर गुन्डागर्दी शैलीमा कालो मोसो दलेर मेरो सामाजिक प्रतिष्ठामा आँच पुर्‍याइयो। यसको जिम्मेवार त्यसका माउ पार्टीले लिने कि नलिने?’ उनले थपे, ‘परीक्षामा मेरा पिएले सुब्बामा लगेको थियो फेल भयो।

उपकुलपतिका पिए अधिकृतमा फेल भए। अब कहाँ के गल्ती गरें मैले?’ उनका अनुसार विगतमा दलको झोला बोक्नेले रोजगार पाइरहेका थिए। अब बाटो बन्द भएपछि विद्यार्थी अराजक बनेका हुन्। उनका अनुसार सेवा आयोगका विद्यार्थीसँग कुनै सरोकार हुँदैन। आयोगले निजामतीतर्फको लोक सेवाको जस्तै योग्य र दक्ष शिक्षक कर्मचारी विश्वविद्यालयभित्र प्रवेश गराउन प्रक्रिया थालेको छ। कुनै पनि अवस्थामा पछि नहट्ने उनको अडान छ।

विश्वविद्यालयभित्र हुने यस्ता अप्रिया घटना पहिलो भने होइन। विगतमा पनि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति माधव शर्मालाई विद्यार्थीले नियुक्तिकै सिलसिलामा कालो मोसो दलेका थिए। यसले धेरै दिनसम्म अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठामा आँच पुगेको उनले नागरिककर्मीलाई सुनाएका थिए। त्यो घटनापछि उनी निकै चिन्तित बनेका थिए।

वैशाख १३ गते त्रिविको समाजशास्त्र विभागीय प्रमुख डा. युवराज लुइँटेलमाथि विश्वविद्यालयकै आंशिक शिक्षक ललितकुमार विष्टले गरेको दुव्र्यवहार अझै पनि त्रिविमा चर्चाको विषय बन्दै आएको छ।

आफूलाई निःशर्त करार गराउन विभागीय प्रमुखलाई डर, त्रास, धाकधम्की देखाएर अभद्र व्यवहार गरे विष्टले। विभागीय प्रमुख लुइँटेलले पटकपटक प्रक्रिया पु¥याएर काम गर्ने भन्दै गर्दा उनलाई आंशिक शिक्षक विष्टले तथानाम गालीगलौज गर्नुका साथै प्रमुखको टेबुलमा तीनपटक हेलमेट बजारे।

विश्वविद्यालयभित्र हुने यस्ता अप्रिया घटना पहिलो भने होइन। विगतमा पनि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति माधव शर्मालाई विद्यार्थीले नियुक्तिकै सिलसिलामा कालो मोसो दलेका थिए।

०७७ साल असोज २० मा समाजशास्त्र विभागकै उपप्राध्यापक प्रेम चलाउनेमाथि विश्वविद्यालयका विद्यार्थी नेताहरू तथा भाडाका गुन्डाले सांघातिक हमला गरी विश्वविद्यालयपरिसरमै कुटपिट गरे। पदाधिकारी नियुक्तिका विषयलाई लिएर विद्यार्थीले लगाएको ६० दिनदेखिको तालाले पठनपाठनमा नकारात्मक असर पर्न थालेपछि उपप्राध्यापक चलाउनेले विद्यार्थीलाई ताला खोल्न अनुरोध गर्दा उनलाई नेविसंघका नेताले भाडाका गुन्डा लगाएर कुटपिट गर्न लगाए। उपप्राध्यापक चलाउने जीवनमरणको अवस्थामा लामो समयसम्म अस्पतालमा भर्ना हुनुपर्‍यो।

२०७६ मंसिर ९ गते त्रिचन्द्र कलेजका तत्कालीन प्रमुख प्रदिपबहादुर न्यौपानेमाथि भर्ना तथा शुल्क विवादलाई लिएर कलेजका विद्यार्थी संगठनका नेताले कुटपिट गर्दा उनलाई लामो समय अस्पताल भर्ना हुनुपरेको थियो।

२०७१ साल जेठमा त्रिविका शिक्षक तथा प्राध्यापक संगठनहरूका प्रतिनिधिले तत्कालीन उपकुलपति हिराबहादुर महर्जन, रजिस्ट्रार चन्द्रमणि पौडेल र शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाई करारका शिक्षकलाई स्थायीको माग गर्दै २४ घन्टा थुनेर दुर्व्यवहार गरेका थिए।विश्वविद्यालयभित्र पदाधिकारीकै नियुक्ति विषयलाई लिएर विद्यार्थीले शिक्षक कुट्ने र शिक्षकले आफ्नै पदाधिकारीमाथि दुर्व्यवहार गर्ने अप्रिय घटना पछिलो समय बढ्दै गएको त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाको ठहर छ।

२०७६ मंसिर ९ गते त्रिचन्द्र कलेजका तत्कालीन प्रमुख प्रदिपबहादुर न्यौपानेमाथि भर्ना तथा शुल्क विवादलाई लिएर कलेजका विद्यार्थी संगठनका नेताले कुटपिट गर्दा उनलाई लामो समय अस्पताल भर्ना हुनुपरेको थियो।

अपराधीलाई ठोस कारबाही नभएको र राजनीतिक दलले आफ्ना संगठनलाई संरक्षण दिएकै कारण यस्ता विद्यार्थी र शिक्षाको खोल ओढेर विश्वविद्यालयभित्र आपराधिक क्रियाकलाप गर्नेले प्रश्रय पाइरहेको माथेमाको भनाइ छ।

‘विश्वविद्यालयमा माथिलो तहमा नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप, चलखेल र दबाबमा नियुक्ति हुनु नै हाम्रा लागि दुर्भाग्य हो’, माथेमाले आक्रोश पोखे, ‘उच्छृंखलमा लागेका विद्यार्थीलाई राजनीतिक दलको संरक्षण छ। यसले विश्वविद्यालयभित्र गुन्डागर्दी बढाएको छ।’ उनले थपे, ‘माथिदेखि तल्लो तहका पदाधिकारी सबै राजनीति नै नियुक्ति भयो। दलसँग संलग्न विद्यार्थी संगठन र शिक्षक संगठनलाई यो असह्य भयो। एकले अर्कालाई सम्मान गर्ने संस्कारै हरायो। दण्डहीनता बढ्यो।’ विश्वविद्यालयलाई साँच्चै प्राज्ञिक थलो बनाउन अब विश्वविद्यालयबाट दलहरूले गिद्दे आँखा हटाउनैपर्ने उनको चेतावनी छ।

विश्वविद्यालयमा शैक्षिक र प्राज्ञिक उन्नयनका लागि विभिन्न राजनीतिक आस्थाका आधारमा शिक्षक र विद्यार्थीको संघसंगठन खुलेका छन्। तर यी संगठनले भने दलगत भागबन्डामा नियुक्ति गराउने काममा मात्र सीमित भएको विश्वविद्यालयका प्राध्यापकहरूको तीतो अनुभव छ।

समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेका अनुसार आंशिक विश्वविद्यालयभित्र शिक्षक र विद्यार्थी संगठनको खोल ओढेका आपराधिक गिरोह नै परिचालित रहेको उनले खुलासा गरे। उनका अनुसार पदाधिकारी नियुक्ति, सरुवा, बढुवा, परीक्षामा पास फेललगायत छात्राबासको कोठा ओगट्ने कामसम्ममा यी संगठनका खोल ओढेका गुन्डाहरूको गिरोह नै त्रिविमा परिचालित छन्।

विश्वविद्यालयमा शैक्षिक र प्राज्ञिक उन्नयनका लागि विभिन्न राजनीतिक आस्थाका आधारमा शिक्षक र विद्यार्थीको संघसंगठन खुलेका छन्।

‘घटनाको तीन वर्ष बित्न लाग्दासमेत म पूर्ण रूपमा शारीरिक र मानसिक तवरमा निको भएको छैन। मेरो तेस्रो शल्यक्रिया हुने मिति तय भएको छ। विभागमा लगाइएको ताला खोलाउँदा ममाथि प्राणघातक हमला भयो’, उपप्राध्यापक चलाउनेले मलिन स्वरमा भने, ‘मलाई आक्रमण गर्ने हरि आचार्य र योगेन्द्र रावलमाथि किटानी जाहेरी दिएँ। काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। तर यी अपराधीलाई दलगत संरक्षण छ। राजनीतिक संरक्षणमै विश्वविद्यालयभित्र शिक्षक र विद्यार्थीले खुलेआम गुन्डागर्दी गरिरहेका छन्।’

त्रिविमा विभिन्न शिक्षक र विद्यार्थी संगठनको माग पूरा गराउने निहुँमा तीन वर्षमा ३ सय ४५ दिन तालाबन्दी हुँदा समेत विश्वविद्यालयका पदाधिकारी मौन बस्नुले पनि विश्वविद्यालय दलीय दलदलमा फस्दै गएको प्रस्ट हुन्छ।

प्रकाशित: ३२ जेष्ठ २०८० ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App