१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

छात्रवृत्ति पाएका मदरल्याण्डका विद्यार्थीलाई सम्मान

पोखराको मदरल्याण्ड माविमा सम्मानित विद्यार्थी। तस्बिरः नागरिक

यहाँको मदरल्याण्ड माविले अन्तर्राष्ट्रिस्तरका विभिन्न कलेज र विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका विद्यार्थीलाई सम्मान गरेको छ। कक्षा १२ सकेर अन्तर्राष्ट्रियस्तरका शैक्षिक निकायमा छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्मान गरेको हो।  

सम्मानित हुनेमा पूर्ण छात्रवृत्ति पाएका विद्यार्थी सम्राट ढुंगाना (हार्वड विश्वविद्यालय), ओस्कार दियाली (कर्नेल कलेज अमेरिका), विभूषी तिमिल्सिना र दीक्षा गिरी (स्वीट बेरियर कलेज अमेरिका), निशान्त चौधरी (साउर्दन मिसिसिपी विश्वविद्यालय अमेरिका), सन्देश आचार्य (हाइनान नर्मल विश्वविद्यालय चीन), आलोक पौडेल (मिसनिज स्टेट विश्वविद्यालय अमेरिका) र प्रशान्त भण्डारी (नेशनल मेडिकल कलेज नेपाल) रहेका छन्। यस वर्षमात्र विद्यालयबाट दसजोड दुई पूरा गरेका चौधजना विद्यार्थीले विभिन्न विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर पाएको विद्यालयले बताएको छ।  

प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा.गणेशमान गुरुङले विश्व चर्चित विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएर अध्ययन गर्ने नेपाली विद्यार्थीले कमै अवसर पाउने गरेको बताए। कसैको भनसुन बिना विद्यार्थीले ती कलेज र विश्वविद्यालयमा अध्ययनको अवसर पाएको उनले बताए।  

‘नेपालमा नेताको सोर्स र नेताकै आफन्तले मात्र अवसर पाउँथे। तर, अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा भने त्यो अवसरका लागि कसैको भनसुन आवश्यक परेन,’ उनले भने, ‘विद्यार्थीका लागि यो महत्वपूर्ण अवसर हो।’  विद्यालयका प्राचार्य नारायण बरालले विद्यार्थी विद्यार्थीले मेहनत गरेर अध्ययन गरेमा सबैतिर अवसरै अवसर रहेको बताए। उनले आगामि दिनमा पनि विद्यार्थीलाई अब्बल बनाउन विद्यालय लागिपर्ने बताए। 

प्रकाशित: २१ जेष्ठ २०८० ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App