१४ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

धनुषाको सबै सामुदायिक विद्यालय बन्द

धनुषाका सबै सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको छ। तलबभत्ता नपाएका कारण धर्नामा रहेका शिक्षकहरुप्रति समर्थन जनाउँदै पाँच वटा शिक्षक संगठनका शिक्षकशरुले शुक्रबार धनुषाको सबै समुदायिक विद्यालयको पठनपाठन बन्द गराएका छन्।  

धनुषाको नगराइन नगरपालिकामा तलब नपाएर धर्नामा रहेका शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शुक्रबार जिल्लाको सबै सामुदायिक विद्यालयको पठनपाठन बन्दको गराएको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादवले जानकारी दिए।  

नगराइन नगरपालिका शिक्षकहरु श्रावणदेखि तलबभत्ता नपाएपछि मंसिर १८ गतेबाट धर्नामा छन्। उनीहरुको आन्दोलनप्रति समर्थन जनाउँदै एक दिन विद्यालय बन्द गराएको यादवले बताए। उनले भने‘ धनुषाको तीनवटा पालिकाले श्रावणदेखि शिक्षकहरुलाई तलबभत्ता दिएको छैन्। यद्दपि क्षिरेश्वरनाथ नगरपालिका र कमला नगरपालिकाले पुस १५ गतेसम्म तबल दिने सहमति गरेपछि दुईपालिका शिक्षकहरु आन्दोलन स्थगित गरेको छ। तर नगराइन नगरपालिकाले धर्नामा रहेका शिक्षकहरुसँग अहिलेसम्म वर्ता गर्न आएको छैन। आज विद्यालय बन्द गराएर ध्यानाकर्षण गराएका छौंं। हाम्रो समस्या एकदुईदिनमा समाधन भएन भने थप कडाइका साथ आन्दोलन उत्रिनेछौं।’

प्रकाशित: ८ पुस २०७९ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App