५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ६.४३ अंकले गिरावट

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो।  

त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार भने २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये  ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा बढी १.०६ प्रतिशत बढेको छ भने जीवन बीमा, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने विकास बैंक, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

सोमबार धौलागिरी लघुवित्तको शेयरमूल्य ८.१३ प्रतिशत बढेको छ भने जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य यसदिन करिव ७ प्रतिशत बढेको छ। तर यता, ग्लोवल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ। आजको कारोबारमा शेयर मूल्य बढ्ने र घट्ने सबै  लद्युवित्तहरु रहेका छन्।  

आज कारोबार रकमका आधारमा जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: २१ कार्तिक २०७९ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App