१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

उद्योग परिसंघ अध्यक्ष र आईएमएफ प्रतिनिधिबीच भेटवार्ता

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजबीच नेपालको अर्थतन्त्रका विषयमा छलफल भएको छ। परिसंघ सचिवालयमा बिहीबार भएको भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरूले भोगेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ र आइएमएफबीच छलफल भयो।  

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले लगानी योग्य रकमको अभाव, उच्च व्याजदर, कम पुँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालु पुँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा निकै कमी आएको बताए।

उनले मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको बताउनुभयो। अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रको आत्मबल बढाउने खालको नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए।  

उनले एकै पटक सुधारका सबैउपकरण लागू गर्दा अर्थतन्त्रमा थप समस्या बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित: १८ कार्तिक २०७९ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App